मृगौला पीडित विरामीको निशुल्क उपचार

काठमाडौं, ३० बैशाख ।

pm office

नेपाल सरकारले अबदेखि सम्पूर्ण मृगौला पीडित विरामीको निशुल्क उपचार गर्ने भएको छ ।

आज बसेको मन्त्री परिषद्को बैठकले सम्पूर्ण मृगौला पीडितको निशुल्क रुपमा उपचार गर्ने निर्णय गरेको हो । मृगौला पीडितले महंगो खर्च गरेर नियमित गर्नु पर्ने डायलोसिस सरकारले निशुल्क रुपमा गर्ने भएपछि आर्थिक अभावको कारण उपचार गर्न नपाउनेहरुका लागि ठूलो राहत मिल्ने छ ।

सरकारले पहिलो पटक यस्तो निर्णय गरेको हो । आजकै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत र चीन भ्रमणका बेला भएका निर्णयको कार्यान्वयन र अनुगमनको लागि नौ–नौ सदस्यीय दुई समिति गठन गरेको छ । परराष्ट्र सचिव शंकरदास बैरागीको संयोजकत्वमा यस्तो समिति बनेको हो ।