नर्सिङ दिवसमा राजधानीमा बृहद् याली र प्रभातफेरि

काठमाडौं,३० वैशाख ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस अवसरमा आज राजधानीमा बृहद् र्याली एवं प्रभातफेरिको आयोजना गरिएको छ ।

सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको र्याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टुडिखेलको खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको छ । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ ।

cGt/f{li6«o gl;{ª lbj; -d] !@_sf] cj;/df ljlxaf/ /fhwfgLdf cfof]hgf ul/Psf] k|eftkm]l/ Pjd a[xb ¥ofnL df ;xefuLx? . tl:a/ M gf/fo0f Gof}kfg], /f;;
cGt/f{li6«o gl;{ª lbj; -d] !@_sf] cj;/df ljlxaf/ /fhwfgLdf cfof]hgf ul/Psf] k|eftkm]l/ Pjd a[xb ¥ofnL df ;xefuLx? . tl:a/ M gf/fo0f Gof}kfg], /f;;
‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा’ नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ । मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ ।

त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हुँदै आएका छन् । नेपालमा नसिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुनेगर्छ ।

उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको संख्या उल्लेखनीय रहेको छ । लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयंसेवीका रुपमा कार्य गर्न बाध्य रहेको नेपाली नर्सिङ परिषद्को भनाइ छ ।

निजी क्षेत्रका अस्पतालले न्यूनतम एक वर्षको कार्यअनुभव भएकालाई मात्र रोजगारी दिने गरेकाले पनि अनुभव हासिल गर्नका लागि स्वयं सेवा गर्नुपर्ने नर्सलाई बाध्यात्मक अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रमा नर्सिङ क्षेत्रलाई हेर्ने नीति अझै सकारात्मक बन्न नसकेको गुनासो रहँदै आएको छ ।

नेपालको जनसंख्या एक करोड भएको अवस्थामा सृजना गरिएको दरबन्दी अझै विस्तार हुन नसकेकाले नर्स विदेसिन बाध्य रहेको नेपाल नर्सिङ संघका पूर्वअध्यक्ष सरला केसी बताउनुहुन्छ । नर्सिङ पेसालाई स्वास्थ्य सेवाको मेरुदण्डका रुपमा लिइन्छ । स्वदेशमा मात्र नभएर विश्व बजारमा समेत यो पेसामा रोजगारी पाइने हुँदा पनि यो पेसालाई आकर्षक मानिन्छ ।

¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई पनि सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।- रासस