नेपालका २२ हजार कर्मचारी भारतको गुप्तचर-बिजुक्छे
काठमाडौैंं,२९ वैैशाख ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका २२ हजार कर्मचारीलाई भारतले तलव खुवाएर गुप्तचरको रुपमा प्रयोग गरेको बताएका छन् । रफत् सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष विजुक्छेले नेपाल र भारतको तलव खाने २२ हजार कर्मचारीको पहिचान गरि कारवाही नगरेसम्म कुनै पनि सरकारले काम गर्न नसक्ने तर्क गरे ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएर ठिक गरेको उनको धारणा छ । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे पनि स्थानीय निकायको निर्वाचन हुन नदिन ठूला राजनीतिक दललाई भारतले उपयोग गरेको पनि विजुुक्छेले आरोप लगाए ।
भारतले नचाहेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको उनको भनाई छ । अध्यक्ष बिजुक्छेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सोकेशमा राखेको आकर्षक मिठाईको संज्ञा दिएका छन् । ‘नीति तथा कार्यक्रममा लागू हुन सके धेरै राम्रो हुन्छ’, उनले भने, ‘नसके सोकेशकै मिठाई जस्तै हुने हो ।’