
प्रधानमन्त्री ओली कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गर्दै
काठमाडौं, २९ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देश तथा कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग आज छलफल गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले दिउँसो तीन बजे याक एन्ड यति होटलमा विदेशी दूतहरुलाई बोलाएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको समसामयिक अवस्था र सरकारको गतिविधिबारे दूतहरुलाई ब्रिफिङ गर्ने कार्यक्रम छ ।
सरकारको नीति तथा कार्यक्रम, भुकम्पपछिको पुनर्निमाण, आगामी बजेट, स्थानीय चुनाव लगायतका विषयहरुमा अन्तरक्रिया केन्द्रित रहने मन्त्री थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले बताए । कार्यक्रममा राजदूतहरुले राख्ने जिज्ञासालाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
