
सबैै माओवादी एक हुँदैै
काठमाडौं,२९ वैशाख ।
एकीकृत नेकपा माओवादीले आफुबाट अलग्गिएर साना साना समूहमा रहेका माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ ।
आज बिहान बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।
माओवादी पार्टीहरुलाई एकतामा ल्याउने र पुनर्गठित गर्ने योजनाअनुसार स्थाई समिति बैठकले औपचारिक निर्णय गरेको एमाओवादी महासचिव कृण्णबहादुर महराले जानकारी दिए ।
उनले आजको स्थायी समितिको बैठकको निर्णय अनुमोदन गर्न आउँदो जेठ १ गते एमाओवादीको केन्द्रीय समिति बैठक पनि बोलाइएको बताए ।
महासचिव महराका अनुसार सबै माओवादी शक्तिहरुबीच पार्टी एकता गर्नेबारे छलफल जारी छ ।
