बेलायती गोर्खा सैनिकको समस्या सरकारले संबादमार्फत समाधानको गर्ने -परराष्ट्रमन्त्री थापा
काठमाडौ, २८ बैशाख ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायती गोर्खा सैनिकको समस्या सरकारले कुटनीतिक माध्यमबाट बार्ता र संबादमार्फत समाधानको गर्ने प्रतिबद्धता ब्यक्तगरेका छन ।
ब्यवस्थापिका संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले गोर्खा सैनिकको एजेण्डा राष्ट्रिय एजेण्डा रहेको भन्दै सरकारले यसलाई गंभिर रुपमा लिएको बताए ।
थापाले समस्यामा समाधान भएरकेही उपलब्धि प्राप्त भए पनि १९९७ अघिका सैनिकको हकमा विभेद कायमै रहेको उल्लेख गर्दै आफूले बेलायती समकक्षीसँग यस विषयमा पटक पटक छलफल गरेको जानकारी दिए ।
उनले समान काममा पेन्सन र तलबमा विभेद हुनु मानवअधिकारको हनन भएको भन्दै बेलायत जस्तो प्रजातन्त्रको जननी मुलुकमा यस्तो हुनु विडम्बना पूर्ण भएको टिप्पणी समेत गरे ।
समितिले राष्ट्रमा बार्षिक ३५ अर्ब बराबरको रेमिट्यान्स भित्राउने गोर्खाको समस्या समाधानमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको थियो ।