देशभरको मौसममा वदली,केही स्थानमा वर्षा

काठमाडौैं,२८ वैशाख ।

ktm-rain-new-aa.jpg

देशभरको मौसममा वदली आएसंगै केही स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो भारी वर्षा नभएर हल्का वर्षा मात्र होे । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुुसार ‘बंगालको खाडीबाट आएको जलवाष्पयुुुक्त हावाले मौसम बदली भएको हो।
काठमाडौंमा यत्ति नै पानी पर्छ भन्ने एकिन नभएपनि क्षणिक पानी पर्ने तर मौसम वदली एक दुई दिन कायम रहने कंडेलको भनाई छ ।

मध्य तथा सुदूर पश्चिममा पूर्ण वदली भएको बताउँदै उनले पानी लगातार नपर्ने र केही छिन रोकिएर फेरि पर्ने सम्भावना भने रहने जानकारी दिइन् । मध्य क्षेत्रको तराईका केही भूभागमा मौसम सफा रहेपनि सुदूर पूर्व र पूर्वी तराईमा पनि मौसम वदली भएको छ ।

यो वदली र वर्षाले गर्मी कम हुने, तापक्रम घट्ने र किसानलाई राहत पुग्ने मौसमविद्हरुको भनाई छ । यो प्रणालीले यसपटकको मनसुन समयमै आउने केही सहयोग पुग्ने विज्ञहरुको विश्वास छ । गत वर्ष भने ढिलो गरी मनसुन सुरु भएको थियो ।