
जाजरकोटमा बिहानै भुकम्प
कर्णाली प्रदेशकाे जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।
बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।
केन्द्रका अनुसार आज जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
