जीतपुर सिमरा उपमहानगरपालिकाकाे दशाैं नगरसभाविरूद्व परेको रिट खारेज
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भएको १० औँ नगर सभा विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेको छ ।
गत असार १० गते सम्पन्न भएको नगरसभा नियम विपरीत रहेका कारण नगर सभा बदरको माग गर्दै उपप्रमुख भोलाप्रसाद अधिकारीसहित ९१ जना नगर सभा सदस्यहरु उच्च अदालत पुगेका थिए ।
उनीहरुले नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध उत्प्रेरण परमादेशको माग राखेर असार २३ गते उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता गराएका थिए ।
मेयर पाैडेलले नगरपालिका सभा सञ्चालन कार्यविधि मुताविक नै नगर सभा सञ्चालन भएको जिकिर गर्दै आएका थिए । अदालतकाे याे निर्णयले पाैडेलले गलत नगरेको प्रमाणित गरेको छ भने विपक्षीहरूले राजनीतिक पुर्वाग्रहले प्रेरित भएर नगरसभा विथाेल्न खाेजेकाे पुष्टि गरेको छ ।