
राष्ट्रघाती सम्झौताको पक्षमा उभिए देउवा, -‘फास्ट ट्रयाक् भारतलाई नै बनाउन दिनुपर्थ्यो’
काठमाडौं, २८ बैसाख ।
स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा बोल्दै देउवाले उक्त निर्णयको विरोध गरेका हुन् । उनले उक्त निर्णयले अन्तरराष्ट्रिय जगतमा गलत सन्देश प्रवाह हुने तर्क पेश गरेका थिए ।
फास्ट ट्रयाक भारतीय कम्पनीलाई बनाउन दिने विषयमा देशभर विरोध भएपछि सरकारले उक्त निर्णय फिर्ता लिई स्वदेशी कम्पनिलाई बनाउन दिने घोषणा नीति तथा कार्यक्रममार्फत गरेको थियो ।
उनले भने, आफैं सडक बनाउने कुरा जायज रहे पनि अन्तरराष्ट्रिय जगतले त्यसलाई लगानीका हिसाबले गलत रुपमा लिन्छन् ।’
सुशील कोइराला नेतृत्वको सरकारले काठमाडौं निजगढ जोड्ने द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न भारतीय कम्पनीलाई जिम्मा दिएको थियो । डीपीआरपछि फास्ट्र ट्रयाक बनाउने जिम्मा भारतीय कम्पनीलाई दिने कोइराला सरकारको तयारी थियो ।
भारतीयलाई ठेक्का दिलाउने कार्यमा देउवाका साला र नातेदार लगायत सक्रिय रहेका थिए थिए ।
संसद बैठकमा बोल्दै कांग्रेस सभापति देउवाले ग्लोबल टेन्डरबाट अर्कालाई जिम्मा दिइसकेको फास्ट ट्रयाकको कुरालाई नलत्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
राजनीतिक खिचातानीले आफ्नै पालामा सुरु भएका कतिपय विकासका योजनामा अर्बौं रुपैयाँ खर्च भइसक्दा पनि पूरा हुन नसकेको देउवाले स्मरण गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको कडा आलोचना गर्दै देउवाले ‘म्यादी’ सरकारले ल्याएको बजेट र कार्यक्रम पनि म्यादी नै हुने टिप्पणी गरे ।
फास्ट ट्रयाक स्वदेशी कम्पनीलाई वनाउन दिने कुराको विरोध गर्दे कांग्रेस सभापति समेत रहेका देउवाले नेपाली कांग्रेस पुरै राष्ट्रघाती सम्झौताहरुको पक्षमा रहेको प्रमाणित गरेका छन् ।
