
बैद्यले सँगै जाऔं भनेपछि फेरी रोकीए बादल, अब सिंगै पार्टी नै एकतामा जाने
काठमाडौं, २८ बैसाख ।
एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने विषयमा मत नमिलेपछि करिब करिब फुटको अवस्थामा पुगेको बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी औपचारिक फुटको प्रक्रियाबाट बचेको छ । पार्टी अध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादलबीच एमाओवादीसँग सँगै एकतामा जाने सहमति भएपछि उक्त अवस्था सिर्जना भएको हो ।
महासचिव बादलले आज आफू पक्षधर बहुमत केन्द्रीय सदस्यको बैठकमा उक्त विषयको जानकारी गराएका हुन् । बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार केही दिन पर्खेर सँगै एमाओवादीसँग पार्टी एकता गर्ने प्रस्ताव अध्यक्ष किरणले गर्नुभएकोले केही दिन पर्ख र हेरमा जानुपर्ने भयो । हामी सिंगै पार्टीलाइ नै एकतामा लैजाने प्रयत्नमा भएकाले केही दिन हतार नगरौं । बादलको भनाई उदृत गर्दै उनले भने, अब जेठ २ गते अध्यक्ष किरणले डाक्ने बैठकमा सबै सहभागि हुने कुरा भएको छ ।
बादलले आजको लागि भिन्दै केन्द्रीय समितिको बैठक डाकेपछि उक्त पार्टी औपचारिक रुपमा विभाजन हुने अनुमान गरिएको थियो ।
