
पनामा पेपर्सको दोस्रो बिबरण सार्बजनिक , उपेन्द्र महतोदेखि अरु को को परे सुचिमा ?
काठमाडौं,२८ वैशाख ।
अन्तर्राष्ट्रिय खोज पत्रकार समूह आईसीआईजेले सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिक गरेको छ । दोस्रो पटक सार्बजनिक गरेको विवरणमा सात नेपालीको नाम परेको छ । सोमबार राति गरिएको सार्वजनिक विवरणमा सातजना नेपाली परेका हुन् ।
पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, र नवयुग डोल्माको नाम कर छली गर्ने हरुको सुचिमा सार्बजनिक भएको छ।
यो लिक्समा सन २०१३ को स्वीस लिक्सका व्यक्तिहरुको नाम पनि समावेश छ । १२ जनाको पुरानो नामलाई पनि यसपटकको सूचिमा अफसोर लिक्स भनेर समावेश गरिएको हो । यसबाहेक सतिशलाल आचार्यको नाम थपिएको छ ।
पुरानो लिक्सका रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिश कुमार तोदि, बिजेश कुमार अग्रवाल, शैलेन्द्र कुमार गुप्ता, बिमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्र कुमार काव्राको नाम पनि सार्वजनिक छ । उनीहरुको नाम स्वीस लिक्स भनेर पुन सार्वजनिक गरेको हो ।
नेपाली समय अनुसार सोमबार राति पौने १२ बजे उसले नया सूचि सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । आइसिआईजेले विश्वका धेरै संचार माध्यम समेतको संलग्नतामा यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । उक्त संस्थाले यसको प्रारम्भिक प्रतिवेदन करिब एक महिना अघि सार्वजनिक गरेको थियो ।
अफसोर कम्पनीमा गरिने लगानी भनेको कर छुट र आयको स्रोत खुलाउनु नपर्ने वा कम झन्झटिलो भएको देशमा विदेशीले खोलेका कम्पनी हुन । यी देशमा कम्पनी खोलेर आफूले चाहेको देशमा रकम लान सजिलो हुने हुदा यस्ता मुलुकमा कम्पनी खोल्ने गरिन्छ ।
ट्याक्स हेवन करको स्वर्गमा ख्याती कमाएका हंगकंग र ब्रिटिस भर्जिन आईल्यान्ड लगायत देशबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा छ । हंगकंग र ब्रिटिस भर्जिन आइल्यान्ड क्रमश दोस्रो र पाँचौ बढी लगानी गर्ने मुलुकमा पर्छन । बढी लगानी गर्ने मुलुक पहिलो, तेस्रो र चौथो भने क्रमश भारत, चीन र साउथ कोरिया हुन् ।
