सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन हुनेमा आशंका –नेताहरु
काठमाडौं,२७ वैशाख ।
सरकारले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति बिभिन्न दलका नेताहरुले कार्यन्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
राजधानीमा आयोजीत अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो आशंका व्यक्त गरेका हुन् ।
।
नेपाली कांग्रेसका नेता डा. प्र्रकाश शरण महतले कार्यक्रम प्रचारमुुखी मात्र भएको भन्दै तत्काल गर्न सकिने काम मात्र कार्यक्रममा राख्नुको साटो १० बर्र्षसम्म हामी यस्तो गर्छौ , उस्तोे गर्र्छौ भनेर भन्नुु जनतालार्ई झुुक्याउने खालको भएको टिप्पणी गरे ।
उनले सरकारको आयुभन्दा परको कार्यक्रम ल्याउनु नै सरकारको कमजोरी भएको बताए । उनले भने,‘ योे कार्यन्वयन नै हुन सक्दैन । हामी सरकारको काम कारबाहीको बिरोेध गर्छौ ,किनकि जनताकोे पक्षमा सरकारले अहिले ग्याँस नै दिन सकेको छैन । यो नीति तथा कार्यक्रमबाट के दिन सक्छ र ?’
त्यस्तै नेपाली कांग्रेसका अर्का नेता चीनकाजी श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम खाँदा मिठो हुने तर खाईसकेपछि पेट लाग्ने खालको भएको बताए । उनले भने, ‘यो नीति तथा कार्यक्रम हतारमा ल्याएको कार्यक्रम हो । रातारात ल्याईयो । कामको लागी होइन , आशाबादी गराउनका लागी मात्र ल्याईएको हो ।’
मधेशी जनअधिकार फोरम नेपालका नेता जितेन्द्र्र्र देवले सरकारकोे नीति तथा कार्यक्रम कार्यन्वयनमा चुनौेति हुने खालकोे भएको प्रतिक्रिया दिए । उनले भने, ‘तीन महिनाभन्दा बढी नटिक्ने सरकारले कसरी यस्तोे कार्र्यक्रम कार्यन्वयन गर्र्छ ?’उनले सरकारको नीति तथा कार्यक्रम लागु नै हुुन नसक्ने दाबी गरे ।