
एमाओवादी निकट किसानहरुको सातौं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ, २७ वैशाख ।
एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
महोत्तरीको देउराली उच्च मा.वि.मा सुरु भएको सम्मेलनको एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
आजदेखी सुरु भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ । सम्मेलनले नयाँ सांगठनिक र राजनीतिक कार्यक्रम सहित नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।
