राजदूत फिर्ता बोलाउने निर्णयमा कांग्रेसको विरोध, को हुन् दिपकुमार ?
काठमाडौं, २५ बैसाख ।
नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । सरकारको निर्देशन नमानेको तथा आफूखुसी भारतीय पक्षसँग सम्वन्ध बनाएको लगायतका भन्दै भारतका लागि राजदूत उपाध्यायलाई शुक्रबार बसेको मनत्रीपरिषद बैठकले फिर्ता बोलाउने निर्णय गरेको थियो ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले राजदूत उपाध्ययलाई फिर्ता बोलाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए ।
उनले सरकारले प्रतिशोधको राजनीति गरेको यसमा आफूहरुको आपत्ती रहेको बताए । महतले उपाध्यायमाथि अनावश्यक लाच्छना लगाएर एमाले सरकारले प्रतिशोधपूर्ण काम गरेको आरोप लगाएका छन् । उनले सरकारको निर्णयले परराष्ट्र मामिलामा कमजोर भएको बताए ।
को हुन् दिपकुमार ?
दिपकुमार उपाध्याय नेपाली कांग्रेस एमाले गठबन्धनको पालामा भारतको लागि राजदूत नियुक्त गरिएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय नेता हुन् ।
उनी २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं १ बाट १२ हजार ९९७ मत ल्याई नेपाली कांग्रेसको तर्फबाट निर्वाचीत भएका थिए । त्यसपछि उनी संस्कृति पर्यन तथा नागरिक उड्यन मन्त्री समेत बनेका थिए । नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेतालाई भारतको लागि राजदूत बनाएको नेपाली कांग्रेसले उनलाई फिर्ता बोलाउने कामको विरोध गरेको हो ।