बादलले बोलाएको केन्द्रीय समितिको बैठकमा नजान बैद्यको ह्वीप

काठमाडौं, २३ बैसाख ।
नेकपा क्रान्तिकारी माओवादीको विवाद अन्तिम उत्कर्षमा पुगेको छ । एमाओवादीसँग एकता गर्ने की नगर्ने भन्नेमा विवादीत उक्त पार्टी करिब बरिब विभाजनको संघारमा पुगेको छ । महासचिव बादलले माओवादी क्रान्तिकारीहरुको एकता अनिवार्य भएको भन्दै एमाओवादीसाग एकता गर्नुपर्ने प्रतिवेदन पेश गरेपछि बादलको पषमा दुई तिहार्य केन्द्रीय समिति सदस्य खडा भएका थिए । जसका कारण बैद्य अल्पमतमा परेका थिए ।
अध्यक्ष बैद्य अल्पमतमा परेपछि उनले केन्द्रीय समितिको बैठक दुई दिनको लागि स्थगित गरेका थिए । तर उनको पक्षमा केन्द्रीय समितमा बहुमत हुन नसकेपछि उनले आफ्नो प्षमा बहुमत भएको पोलीट्व्युरो र स्थायी समितिको बैठकमात्रै आव्हान गरेर केन्द्रीय समितिको बैठक एक महिना र फेरी एक महिना गरी दुई महिनादेखि स्थगीत मात्रै गरेका छैनन । एकताको पहल पनि सार्थक ढंगले गर्न सकेका छैनन् ।
यसै बीचमा महासचिव बादलले हस्ताक्षर अभियान र छलफल पश्चात एमाओवादीसँग अन्तिम गृहकार्य र वार्ता गरी एकताको लागि तयार भएको जनाउ मात्रै दिएनन् आगामी बैसाख २८ गते केन्द्रीय समितिको बैठक आव्हान गरे ।
बादलले आव्हान गरेको बैठकमा नजान ह्वीप जारी गर्दै अध्यक्ष मोहन बैद्यले विहिवार बैसाख २३ गते एक विज्ञप्ती जारी गरेका छन् । उनले विज्ञप्तीमा बादलले आफूले भनेको नामनेर एकतर्फी छलफल चलाएको आरोप लगाएका छन् उनले सिंगै पार्टी एकतामा जान चाहेको पनि उल्ल्ेख गरेका छन् ।