शिक्षा मन्त्रालयले विद्यार्थीको माग पूरा नगरेपछि बैठक निष्कर्षविहीन, भोली फेरी बैठक
काठमाडौं, २३ वैशाख /
शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक निष्कर्षविहीन बनेको छ ।
विहीवार बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीले मुलखबरसँगको कुराकानीमा नीीजि विद्यालयमा लिइने चर्को शुल्क अनुगमन र नियन्त्रण गर्न मन्त्रालय तयार नभएकाले वार्त निश्कर्षविहीन बनेको बताए । उनले विद्यार्थी सङ्गठनले गत वर्ष गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राखेको तर मनत्रालयको पदाधिकारी सकारात्मक नदेखिएको बताए । उनले मनत्रालयले भोली फेरी वार्ता गरी हल गर्ने बचन दिएको जानकारी दिए ।
‘गतवर्ष हामीसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै निजी विद्यालयले बढाएको शुल्क अनुगमन गर्न भन्यौँ,’ उनले भने, ‘तर मन्त्रालयका पदाधिकारीहरुले तत्काल अनुगमन नसकिने र केही दिनमा संयन्त्र बनाएर अनुगमन गर्ने बताए । हामीले मानेनौँ ।’
यता शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालले भोलि विद्यार्थी सङ्गठनसँग फेरि वार्ता गरेर अनुगमन समिति बनाइने जानकारी गराए । ‘भोलि फेरि वार्ता गर्छौं,’ उनले भने, ‘त्यसपछि विद्यार्थी सङ्गठनहरुलाई नै राखेर अनुगमन समिति बनाएर अनुगमन गर्छौं ।’
विद्यार्थी संगठनले मनत्रालयको विरोधका वावजुद अनुगमनलाई निरन्तरता दिएको बताएका छन् ।