पत्रकार महासंघको साधारण सभा चितवनमा सुरु

काठमाडौं, २१ वैशाख  ।

नेपाल पत्रकार महासंघको साधारण सभा चितवनमा सुरु भएको छ ।साधारण सभाको राष्ट्रपति बिद्यादेवि भण्डारीेले उद्घाटन गरेकी छन् ।

पौने १२ बजे राष्ट्रपतिबाट उद्घाटन भएको साधारण सभामा सुचना तथा संचार मन्त्रालयको कार्यभार सम्हालेका उद्योगमन्त्री सोमप्रसार पाण्डे , नेपाल पत्रकार महासंघका पूर्व सभापति हरीहर बिरही ,चितवनस्थित ६ वटा नगरपालिकाका प्रमुख , जिल्लास्थित राजनैतिक दलका नेता तथा सांसदहरुको उपस्थिति रहेको छ ।

साधारण सभामा नेपाल प्रेस युनियन,प्रेस चौतारी , क्रान्तिकारी पत्रकार संघ , क्रान्तिकारी पत्रकार महासंघ लगायत पत्रकारसंग सम्बन्धित संघसंस्थाका १६ सय ३५ जना पत्रकारको सहभागीता रहेको पत्रकार सन्तोष पौडेलले जानकारी दिए । चितवनको रत्ननगरको टाडीस्थित होटल स्टार ब्याङ्क्वेटमा आयोजित साधारण सभामा देशभरका हजार बढी पत्रकार महासंघका पार्षदहरुको उपस्थिति रहेको छ ।

साधारण सभामा महासंघको नीति तथा कार्यक्रम,बजेट र विद्यान संसोधन लगायतका आवश्यक प्रस्तावहरुमाथि छलफल गर्दै पारीत  गर्ने कार्यक्रम छ ।
नेपालमा २०४६ सालपछि प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको छ । तर यसको पूर्ण रुपमा अनुभूति गर्न नसकेको पत्रकारहरु बताउँछन् ।यतिबेलाको साधारण सभाले प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी हुने गरी श्रमजीवि पत्रकारको उचित पारीश्रमिकलगायतका बिषयमा छलफल सहित पारीत गर्ने अपेक्षा गरिएको छ ।