
व्यबस्थापिका संसदको बैठक राष्ट्रपतिको पत्र पढेर सकियो ,भोली पुनःबस्ने ।
काठमाडौं, २१ वैशाख ।
आजबाट शुरु भएको व्यवस्थापिका संसदको वर्खे अधिवेशन भोली बिहान ११ बजे बस्नेगरि स्थगीत भएको छ ।
जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै सरकारले आजदेखी बर्खे अधिवेशन बोलाएको हो । आज बिहान ११ बजे बसेको व्यवस्थापिका संसद बैठक राष्ट्रपतिको पत्र पढेर सकिएको छ ।
आजको बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची मात्र रहेको थियो । संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुईँकेलका अनुसार भोलीबाट समसामयिक विषयमा छलफल हुने भएको छ ।
मुलुकका समस्याबारे छलफल गर्न पाउनुपर्ने प्रमुख प्रतिपक्षी कंग्रेसको माग सरकारले स्विकार गरेको हो । प्री–बजेट छलफल तथा समसामयीक बिषयमा छलफल गर्न संसद अधिवेशन आव्हान गर्न कंग्रेसले दवाव दिएको थियो ।
आगामी वैशाख २५ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने सरकारको तयारी थियो । अन्य बिषयमा पहिले छलफल हुने भएपछि यो तालिका परिवर्तन हुने संभावना छ ।
