यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेपालको पर्यटन विकासका लागी युएईमा फोटो प्रदर्शनी. युएई, २० वैशाख।. नेपालको पर्यटन प्रवर्दन गर्ने उद्देश्यले अरेवियन ट्राभल मार्केट (एटिएम) र नेपाल पर्यटन बोर्डको आयोजनामा दुवई ओर्ल्ड ट्रेड सेन्टरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।. एटीएमले अपि्रल २५ गते देखी २८ सम्म अधिवेशन तथा फोटो प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा नेपाल सहित अमेरीका, युरोप, अफ्रिका, एशिया लगायतका ८६ वटा मुलुकको सहभागिता थियो ।. पर्यटन मन्त्रालयले भूकम्पपछि नेपाली पर्यटन क्षेत्र सुरक्षित भइसकेको सन्देश दिन बुद्ध जयन्तीमा लुम्बिनी र काठमाडौंका बिशेष कार्यक्रम आयोजना हुने पर्यटन मन्त्रालयका सह-सचिव आलोकचन्द्र श्रेष्ठले जानकारी दिए ।. बिशेष कार्यक्रममा सहभागिताका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई आमन्त्रण गरिएको सहसचिव श्रेष्ठले जानकारी दिए । उनले अन्य देशको तुलनामा नेपालको प्रदर्शनहल व्यवस्थित हुन नसकेको भन्दै सरकार समक्ष प्रस्ताव राख्ने बताए ।. हरेक बर्ष युएईमा हुने अधिवेशन तथा प्रदर्शनी केन्द्रमा नेपाल पर्यटन बोर्डले नेपाल टेलिकमको स्थापनाकाल देखि नै सहभागिता जलाउदै आएको नेपाल पर्यटन बोर्डका अधिकृत जानकी प्रसाद उपाध्यायले बताए । गत बर्ष नेपालमा गएको भुकम्पले गर्दा अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष पर्यटकको संख्या घटेको उपाध्यको भनाइ छ ।. प्रदर्शनीमा सगरमाथा, पाटन दरबार स्क्वायर, प्याराडाईज पोखरा, अल्ट्रा लाईट, नगरकोट, बुद्ध स्तुपा, बञ्जी जम्पिङ, पोनि ट्रेक धम्पुस, गाई जात्रा भक्तपुर, र कोनईराईड चितवनका फोटोहरु राखिएको थियो ।. दुबईमा बस्ने नेपालीहरुका लागि लक्षित गरि नेपालबाट युएईका लागि दशै अघि नै नेपाल एयरलाईन्सले उडान सुरु गर्न लागेको नेपाल बायु सेवा निगमका अधिकृत होम प्रसाद पराजुलीले जानकारी दिए ।. साभार–अनलाईन खबर डटकम.
नेपालको पर्यटन विकासका लागी युएईमा फोटो प्रदर्शनी
युएई , २० वैशाख।

नेपालको पर्यटन प्रवर्दन गर्ने उद्देश्यले अरेवियन ट्राभल मार्केट (एटिएम) र नेपाल पर्यटन बोर्डको आयोजनामा दुवई ओर्ल्ड ट्रेड सेन्टरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
एटीएमले अपि्रल २५ गते देखी २८ सम्म अधिवेशन तथा फोटो प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा नेपाल सहित अमेरीका, युरोप, अफ्रिका, एशिया लगायतका ८६ वटा मुलुकको सहभागिता थियो ।
पर्यटन मन्त्रालयले भूकम्पपछि नेपाली पर्यटन क्षेत्र सुरक्षित भइसकेको सन्देश दिन बुद्ध जयन्तीमा लुम्बिनी र काठमाडौंका बिशेष कार्यक्रम आयोजना हुने पर्यटन मन्त्रालयका सह-सचिव आलोकचन्द्र श्रेष्ठले जानकारी दिए ।
बिशेष कार्यक्रममा सहभागिताका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई आमन्त्रण गरिएको सहसचिव श्रेष्ठले जानकारी दिए । उनले अन्य देशको तुलनामा नेपालको प्रदर्शनहल व्यवस्थित हुन नसकेको भन्दै सरकार समक्ष प्रस्ताव राख्ने बताए ।
हरेक बर्ष युएईमा हुने अधिवेशन तथा प्रदर्शनी केन्द्रमा नेपाल पर्यटन बोर्डले नेपाल टेलिकमको स्थापनाकाल देखि नै सहभागिता जलाउदै आएको नेपाल पर्यटन बोर्डका अधिकृत जानकी प्रसाद उपाध्यायले बताए । गत बर्ष नेपालमा गएको भुकम्पले गर्दा अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष पर्यटकको संख्या घटेको उपाध्यको भनाइ छ ।
प्रदर्शनीमा सगरमाथा, पाटन दरबार स्क्वायर, प्याराडाईज पोखरा, अल्ट्रा लाईट, नगरकोट, बुद्ध स्तुपा, बञ्जी जम्पिङ, पोनि ट्रेक धम्पुस, गाई जात्रा भक्तपुर, र कोनईराईड चितवनका फोटोहरु राखिएको थियो ।
दुबईमा बस्ने नेपालीहरुका लागि लक्षित गरि नेपालबाट युएईका लागि दशै अघि नै नेपाल एयरलाईन्सले उडान सुरु गर्न लागेको नेपाल बायु सेवा निगमका अधिकृत होम प्रसाद पराजुलीले जानकारी दिए ।
साभार–अनलाईन खबर डटकम