यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
इपिएल फुटबल–२ खेल अगावै उपाधि जित्ने लेस्टरको यात्रा अबरुद्ध ।. काठमाडौ, २० बैशाख ।. इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।. यो बराबरीसँगै लेष्टर सिटीले ऐतिहासिक उपाधिका लागि कम्तिमा अर्को एक खेल कुनुपर्ने भएको छ । हिजोको खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्टियलले पहिलो गोल गरे । तर यसको केही समयपछि लेष्टरका मोर्गानले गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।. बराबरीसँगै लेष्टर सिटीले अंक तालिकामा १ अंक थपेको छ । लिगमा ३६ खेलबाट उसको ७७ अंक छ भने एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ६९ अंक छ ।. आज हुने खेलमा टोटनह्यामले चेल्सीसँग खेल्दैछ । यो खेल टोटनह्यामले जित्न नसकेको खण्डमा लेष्टर सिटीले इंग्लिश प्रिमियर लिगको उपाधि जित्नेछ ।. यो खेलमा टोटनह्याम विजयी भएको खण्डमा भने लेष्टरले उपाधि जित्न बाँकी रहेका दुई खेलबाट कम्तिमा दुई अंक ल्याउनुपर्ने हुन्छ ।. इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका अन्य खेलहरुमा स्वान्सीले लिभरपुललाई ३–१ ले हराँउदा साउथ ह्याम्पटनले म्यान्चेस्टर सिटीलाई ४–२ ले पराजित गरेको छ ।.
इपिएल फुटबल–२ खेल अगावै उपाधि जित्ने लेस्टरको यात्रा अबरुद्ध ।
काठमाडौ, २० बैशाख ।

इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।
यो बराबरीसँगै लेष्टर सिटीले ऐतिहासिक उपाधिका लागि कम्तिमा अर्को एक खेल कुनुपर्ने भएको छ । हिजोको खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्टियलले पहिलो गोल गरे । तर यसको केही समयपछि लेष्टरका मोर्गानले गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
बराबरीसँगै लेष्टर सिटीले अंक तालिकामा १ अंक थपेको छ । लिगमा ३६ खेलबाट उसको ७७ अंक छ भने एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ६९ अंक छ ।
आज हुने खेलमा टोटनह्यामले चेल्सीसँग खेल्दैछ । यो खेल टोटनह्यामले जित्न नसकेको खण्डमा लेष्टर सिटीले इंग्लिश प्रिमियर लिगको उपाधि जित्नेछ ।
यो खेलमा टोटनह्याम विजयी भएको खण्डमा भने लेष्टरले उपाधि जित्न बाँकी रहेका दुई खेलबाट कम्तिमा दुई अंक ल्याउनुपर्ने हुन्छ ।
इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका अन्य खेलहरुमा स्वान्सीले लिभरपुललाई ३–१ ले हराँउदा साउथ ह्याम्पटनले म्यान्चेस्टर सिटीलाई ४–२ ले पराजित गरेको छ ।