गृहमन्त्री बस्नेत आज सुर्खेतमा आयोजीत बिभिन्न कार्यक्रममा (फोटोफिचर )
काठमाडौं,१९ वैशाख ।
सम्मेलनमा सहभागी
गृहमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ संबिधान कार्यन्वयनका लागी आगामी बजेटमा बिशेष कार्यक्रम ल्याईने तयारी गरीएको बताएका छन् ।
आज सुर्खेतमा आयोजीत योङ्ग कम्युनिष्ट लिग र अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)सुर्खेतको को सम्मेलन उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
उनले नयाँ संबिधान र संघिय संरचना कार्यन्वयनका लागी आगामी बजेटमा ठोेस कार्यक्रम ल्याउने तयारी भईरहेको जानकारी गराउँदै संबिधान कार्यान्वयन अहिलेको महत्वपूर्ण पक्ष भएको औल्याए । उनले संबिधान कार्यन्वयनका लागी सबैपक्षले सहयोग गर्नुपर्ने बताए ।
एकिकृत नेकपा माओवादीका सभासद् समेत रहेका बस्नेतले संबिधान बिरोधी शक्तिहरुलाई जनताले परास्त गर्ने भन्दै संबिधान बिरोधी गतिबिधीमा नलाग्न आग्रह गरे । उनले संबिधान बिरोधी शक्तिलाई जनताले परास्त गर्ने चेतावनी समेत दिए । संबिधानले सबैको हक अधिकारी सुरक्षित गरेको बताउदै संबिधानको बिरोध गर्नेहरुले आगामी दिनमा चर्को मुल्य चुकाउनुपर्ने दाबि गरे ।
आगामी बजेटमा जनतालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम समाबेश गरिने जानकारी दिदै मन्त्री बस्नेतले जनताले अब विकाश निर्माण र मुलुकको समृद्धितिर सहयोग गर्ने बताए ।
अन्य कार्यक्रममा सहभागी
गृहमन्त्री शक्ति बस्नेत आज सुर्खेतमा आयोजीत बिभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
क्रान्तिकारी पत्रकार संघ ,नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बस्नेतले संबिधानको कार्यन्वयन नै अहिलेको सरकारको मुख्य दायित्व भएको बताए ।
त्यस्तै जिल्ला सुरक्षा परिषद्को बैठकमा सहभागी हुँदै मन्त्री बस्नेतले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सुरक्षा परिषद्का अधिकारीहरुलाई निर्देशन दिए । सरकारी कार्यालयका प्रमुखसंग भेटघाट गर्दै मन्त्री बस्नेतले जनताका कामहरु छिटो छरीतो र प्रभावकारी ढंगले पुरा गर्नु राष्ट्रसेवक कर्मचारीको कर्तव्य भएको औल्याए ।
मन्त्री बस्नेतले एकिकृत नेकपा माओवादी पार्टी कार्यकर्तालाई समेत भेटघाट गरेका कार्यक्रममा सहभागी बिद्यार्थी नेता गंगाराम तिमिल्सेनाले मुलखबरलाई जानकारी दिए ।सुर्खेतमा आयोजीत कार्यक्रममा सहभागी हुन आजै सुर्खेत पुगेका मन्त्री बस्नेत काठमाडौं फर्किएका छन् ।