
तपाईले इडिभी भर्नुभा छ ? नतीजा पर्सी आउँदैछ
काठमाडौ, १९ बैशाख ।
अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसाको नतिजा आगामि मंगलबार सार्वजनिक हुने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाले आफ्लाई इडिभी परे नपरेको थाहा पाउन सक्ने बताएको छ ।
इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ । डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।
इडिभी २०१७ का लागि १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो ।
