
के अब नेबिसंघको महाधिबेशन होला ?
काठमाडौ, १९ बैशाख ।
लामो समयदेखि महाधिवेशन हुन नसकेको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघलाई तत्काल महाधिवेशनको मिति घोषण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन ।
नेविसंघ अध्यक्ष रन्जित कर्ण र नेता ऋणिकेश जंग शाहलाई आइतवार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले तत्काल महाधिवेशनको मिति तोक्न निर्देशन दिएका हुन ।
नेपाल विद्यार्थी संघको महाधिवेशन आठ वर्षदेखि हुन सकेको छैन । पटक पटक मिति घोषणा भए पनि अन्तिम समयमा आएर सार्दै लैजाने गरिएको छ ।
देउवाले भ्रातृ संगठनको अधिवेशन लामो समयसम्म नहुँदा संगठनको छवि बिग्रने भन्दै त्यस्तो हुन नदिन पनि तत्काल मिति घोषणा गरेर महाधिवेशन गर्न अघि बढ्नु पर्ने बताएका थिए ।
नेविसंघ अध्यक्ष कर्णले पार्टीको सहयोगविना अधिवेशन सम्भव भएकाले अधिवेशनका लागि पार्टीको संयन्त्रण गठन गर्न सभापति देउवालाई आग्रह गरेको बताए ।
जसमा देउवाले नेविसंघ महाधिवेशनका लागि सहयोग गर्न छिट्टै पार्टीका तर्फबाटसंयन्त्र समेत गठन गर्ने जानकारी दिएका थिए ।
तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएको थियो। तर नेविसंघमा दुई पक्षवीचको विवादका कारण अधिवेशन हुन सकेको छैन।
