जिल्ला शिक्षा अधिकारीले विद्यार्थीलाई साथी बनाएपछि
लमजुङ्ग, १८ बैसाख ।
जिल्ला शिक्षा अधिकारी र विद्यार्थी बीचको सम्वन्ध कस्तो हुन्छ होला ? जिल्ला शिक्षा अधिकारी र विद्यार्थी बीच धेरै नै ग्याप हुन्छ त्यसैले सम्वन्ध हुन गाह्रो पर्ला तपाईको जवाफ सायद यस्तै हुन्छ होला । तर यहाँ त्यस्तो छैन ।
लमजुङ्गका जिल्ला शिक्षा अधिकारी र विद्यार्थीहरुबीच अत्यन्तै घनिष्ट साथीको सम्वन्ध बनेको छ । जिल्ला शिक्षा अधिकारीको सम्पर्क नम्बर प्रत्येका विद्यार्थीको मोवाइलमा सेभ भएको छ र विद्यार्थीले विद्यालयका प्राय सबैजसो गतिविध जिल्ला शिक्षा अधिकारीको मोवाईलमा एसएमएसमार्फत पठाउँछन् । आवश्यक पर्दा जिल्ला शिक्षा अधिकारीले प्रत्यक्ष फोन गरेरै समस्या सुन्ने गर्दछन् ।
जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले आफू पुगेका प्राय विद्यालयमा मन्तव्य दिने क्रममा अभिभावक र विद्यार्थीहरुलाई आफ्नो मोवाईल नम्बर नोट गराउँछन् र जे छ खबर र एसएमएस गर्न आग्रह गर्ने गर्दछन् ।
जिल शिक्षा अधिकारी नेपालले मुल खबरसँग भने त्यसो गर्दा केही विद्यालयका शिक्षकका आनीवानी र व्यवहार एवं शैक्षिक क्रियाकलापबारे आफूले पाएको रिपोर्ट र स्थलगत अनुगमनका आधारमा कार्वाहीको प्रक्रिया पनि अगाडि वढेको छ ।
उनको यो व्यवहारबाट विद्यार्थी र अभिभावक त खुशी भएका छन् तर कामचोर प्रवृत्ति भएका केही शिक्षक र श्रोत व्यक्तिहरु भने असन्तुष्ट बनेका छन् ।