अखिल क्रान्तिकारीले सम्झियो मित्रमणी, रामपुर क्याम्पसमा साँझ दिप प्रज्वलन

mitramani diwas
काठमाडौं, १८ बैसाख ।
विद्यार्थी नेता मित्रमणी आचार्यको स्मृति दिवसको अवसरका अखिल क्रान्तिकारीले विभिन्न कार्यक्रम आयोजना गर्यो ।
अखिल(क्रान्तिकारी)३ नं प्रदेस समितिको आयोजनामा सम्पन्न ३१ औं स्मृति दिवसमा बोल्दै संगठनका अध्यक्ष रमेश मल्लले मित्रमणी आचार्यको वलिदानलाइ खेर जान नदिने र विद्यार्थी हक हितको पक्षमा उहाँले देखाएको मार्गमा आफ्नो संगठन अविचलीत रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाओवादीका ३ नं प्रदेस सचिव नारायण दाहालले मित्रमणी विद्याथी नेता मात्र नभई सिंगो माओवादी आन्दोलनको एक अगुवा भएको बताए । उनले फरक सन्दर्भमा मित्रमणीको आदर्शलाई कायम राख्नु आवश्यक भएको बताए ।
प्रदेश नं ३ का संयोजक विजय गौतमको अध्यक्षता र संचालनमा भएको कार्यक्रममा संगठनका उपाध्यक्ष द्वय रञ्जित तामाङ र रुद्र विष्ट,महासचिव अनिल शर्मा र प्रदेस ३ का ईन्चार्ज दिपक देवकोटाले मन्तब्य राखेका थिए ।
आचार्य आठौं केन्द्रीय समितिका सदस्य थिए । उनलाई नेपाली कांग्रेस समर्थक गुण्डाहरुको समुहले चितवनमा आक्रमण गरी हत्या गरेका थिए । उनी जुझारु नेता रहनुका साथै तत्कालिन रामपुर क्याम्पसका स्ववियु सभापति समेत रहेका थिए ।

मित्रमणी दिवसको सन्दर्भमा उनकै क्याम्पस रामपुर क्याम्पसमा साँझ दिप प्रज्वलन गर्ने कार्यक्रम छ ।

फोटो साभार – सुरेन्द्र बस्नेत