बाराका न्यायाधीशमाथी दुर्व्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता

 कलैया,७ वैशाख।

नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुर्व्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनीविरुद्ध अभद्र व्यवहार गरेको थियो ।

अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीबार मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले जानकारी दिए । रासस