समाज कल्याण परिषदमा जागिर खुल्यो

समाज कल्याण परिषदमा रहेर सरकारी जागिर खाने रहर छ ? परिषदले विभिन्न ४२ पदका लागि दरखास्त आवेदन माग गरेको छ ।

राजपत्राकिंत तृतीय श्रेणिदेखि टेलिफोन अपरेटरसम्म माग भएको छ । परिषद्ले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै  सहायक निर्देशक स्तरको अधिकृत, कानुन अधिकृत, नासु सरहको सहायक, लेखापाल, द्वितीय श्रेणिको सहायक, सहलेखापाल, प्लम्बर लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

अबको एक महिनाभित्र दरखास्त आवेदन बुझाउन सकिनेछ । पदअनुसार योग्यता फरक-फरक तोकिएको छ ।

परिषद्को सुचना हेर्न यहाँ क्लीक गर्नुहोस् ।

samaj-kalyan-parisad-bigyap