स्वस्थ रहने कसरी ?
आधुनिक एवं व्यस्त जीवनशैलीमा मानिसहरू स्वस्थ रहन चाहन्छन् । त्यसका लागि आफूलाई सन्तुलित रूपमा अघि बढाउनुपर्छ । सन्तुलित जीवनयापनले स्वस्थ रहन सहयोग गर्छ । त्यसका लागि आफ्नो खानपानदेखि व्यायामसम्म ध्यान पुर्याउनुपर्छ । राम्रो स्वास्थ्य नै सफल जीवनको महत्वपूर्ण सूत्र हो ।
हिँडाइ
मुटुको ढुकढुकी तथा ब्लडप्रेसरको गतिले जीवनको दिन तय गर्छ । हिँड्नु राम्रो व्यायाम हो । हिँड्नु मुटु, फोक्सो, मांसपेशी, हड्डीदेखि शरीरका सबै अंगका लागि फाइदाजनक छ । नियमित रूपमा हिँड्दा आयु बढ्छ । हिँड्दा रक्तसंचार पनि राम्रो हुन्छ । यद्यपि हिँड्दा आफ्नो शारीरिक संचरनामा भने ध्यान पुर्याउनुपर्छ ।
साइक्लिङ
शरीरको अनावश्यक बोसो घटाउने एउटा राम्रो उपाय साइक्लिङ हो । यसले शरीरमा रहेको बोसो राम्रोसँग पगाल्न सहयोग गर्छ । यसले फिटनेसलाई पनि यथावत् राख्छ । नियमित रूपमा साइक्लिङ गर्दा मोटोपन कम हुन्छ । साइक्लिङका कारण पेटमा दबाब पर्छ र पेट पनि घट्छ ।
ध्यान
साइक्लिङ तथा वाकिङले जोस प्रदान गर्छ भने ध्यानले पूर्णरूपमा शान्तिको अनुभव गराउँछ । यसले हाम्रो मनलाई एकाग्र बनाउँछ र जाँगर पैदा गर्छ अनि शान्तिका अतिरिक्त भित्री रूपमा एक प्रकारको परिवर्तन महसुस गराउँछ । दिनहुँ १० देखि १५ मिनेट ध्यान गर्दा पनि मानिस स्वस्थ रहन्छ ।
योग
अहिले योग गर्ने चलन बढेको छ । यो व्यस्त जीवनमा हरेक समय फिट रहनु आवश्यक छ । योगले स्वास्थ्यलाई ठूलो सहयोग गर्छ । योग गर्दा चाँडै थकान अनुभव हुँदैन । योगले ब्लडप्रेसर, मोटोपन आदिबाट पनि छुटकारा दिलाउँछ । योगले शरीरमा पर्याप्त अक्सिजन सप्लाइ गर्छ र तनाव पनि कम गराउँछ । योगले कब्जियत, ग्यास एवं पेटको विकार हटाउन सहयोग गर्छ । योग स्वास्थ्यका लागि यस्तो औषधि हो जो सदैव लाभदायक हुन्छ ।
पौडी
जसरी योगले शरीरलाई चुस्त राख्छ त्यसैगरी पौडीले पनि शरीरलाइ फिट राख्छ । नियमित रूपमा पौडी खेल्नेहरूको पेटमा अनावश्यक बोसो लाग्न पाउँदैन । पौडी यस्तो व्यायाम हो जसले पूरै शरीरलाई फिट राख्न सहयोग गर्छ । ताजगीका लागि पौडी निकै आवश्यक छ ।
जगिङ
जगिङले शरीरलाई स्वस्थ बनाउन विशेष भूमिका निर्वाह गर्छ । यसले शरीरको भित्री भागको बोसो बाहिर निकाल्नुका साथै रक्तसंचार पनि बढाउँछ । जगिङ गरेपछि दिनभरि तरोताजा महसुस हुन्छ । त्यसैले आफ्नो फिटनेसको चार्टमा जगिङलाई पनि समावेश गर्नुपर्छ ।
राम्रो स्वास्थ्यका लागि सन्तुलित तथा पोषिलो खाना पनि उपयोगी हुन्छ तसर्थ डाइट चार्ट बनाएर खानपानमा ध्यान पुर्याउनुपर्छ । खानामा तरकारी, फलफूल, सलाद आदि सबै पौष्टिक सामग्री समावेश गर्नुपर्छ भने जंकफुडबाट टाढै रहनुपर्छ ।