पेट्रोल तथा ग्याँसको अभाव हुँदैन –आपुर्तीमन्त्री
काठमाडौं,१५ वैशाख ।
आपुर्ती मन्त्री गणेशमान पुनले पेट्रोल तथा ग्याँस अभाव नहुने बताएका छन् । उपत्यकामा पेट्रोल तथा ग्याँसको अभाव हुने हल्ला चलिरहेका बेला मन्त्रि पुनले यस्तो बताएका हुन् ।उनले उपभोक्तालाई ग्यांस एवं पेट्रोल सहज र प्रभावकारी तरिकाले बितरण गर्न आफ्नो मन्त्रालय लागी परेको बताउँदै उपभोक्तालाई हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् ।
मन्त्री पुनले अभाव हुने हल्ला फैलाउनुमा कालोबजारी गर्नेहरुको षडयन्त्र हुनसक्ने आशंका गर्दै भने , ‘पेट्रोल तथा ग्याँसमा कालोबजारी गर्नेहरुले यस्तो हल्ला फैलाएका हुनसक्छन्, त्यस्तो हल्लाको पछाडी नलागी आबश्यकताभन्दा बढी परिमाणमा ग्याँस तथा पेट्रोलको सञ्चित नगर्न म उपभोक्तालाई आग्रह गर्दछु ।’
उनले बैशाख महिनामा उपत्यकाका उपभोक्तालाई पुग्ने अनुपातमा पेट्रोल तथा ग्याँसको आपुर्ती हुने मुलखबरलाई जानकारी दिए । मन्त्री पुनका अनुसार फागुनमा २१ हजार मेट्रिक टन ग्याँस उपलब्ध भएको , चैतमा २७ हजार मेट्रिक टन उपलब्ध भएको र यो महिना १ सय ५० प्रतिशतसम्म बढी परिमाणमा ग्याँस उपलब्ध हुनेछ ।
यो पनि हेर्नेहोस् । आपुती मन्त्रालयले आज निकालेको प्रेश बिज्ञप्ती