अखिल क्रान्तिकारी NEC को अध्यक्षमा बिनोद शर्मा चयन
काठमाडौं,१५ वैशाख ।
एमाओवादी निकट अखिल क्रान्तिकारीको पोखरा बिश्वबिध्यालय अन्तरगत नेपाल इञ्जिनियरिङ कलेज NEC को आठौं इकाई सम्मेलनले बिनोद शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
आज सम्पन्न NEC को आठौं ईकाई सम्मेलनले शर्मालाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले शर्माको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । अखिल क्रान्तिकारीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले सम्मेलनको उद्घाटन गरेका थिए ।
उनले अखिल क्रान्तिकारीले आगामी दिनमा खेल्नुपर्ने भूमिका लगायतका बिषयमा सम्मेलनमा सहभागी बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । त्यस्तै सचिवद्धय गंगाराम तिमिल्सिना र दिपक देवकोटाले पनि अखिल क्रान्तिकारीको भूमिका , भावि योजना लगायतका बिषयमा चर्चा गरेका थिए ।
अखिल क्रान्तिकारीले संगठन बिस्तार एवं सुदृढ गर्ने क्रममा आज नेपाल इञ्जिनियरिङ कलेज NEC मा सम्मेलन गर्दै नयाँ नेतृत्व चयन गरेको संगठनका केन्द्रिय सचिव गंगाराम तिमिल्सीनाले मुलखबरलाई जानकारी दिए । उनका अनुसार अहिले देशव्यापी रुपमा अखिल क्रान्तिकारीले आफ्नो संगठन बिस्तार एवं सुदृढ गरिरहेको छ ।