मनमोहन अधिकारीको १७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं,१३ वैशाख ।
नेकपा एमालेले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्थे ।
२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिना प्रधानमन्त्री भएका मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रम ल्याएर लोकप्रिय बनेका थिए ।
अधिकारीको १३ बैशाख २०५६ सालमा निधन भएको थियो । संसदबाट निर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो ।
विसं २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बने ।
नेपाली राजनीतिमा उनी एक निष्कलंक प्रधानमन्त्रीका रुपमा मानिन्थे । मलाई देशको प्रधानमन्त्रीभन्दा एउटा असल व्यक्तिको रुपमा मात्र सम्झिदिए पुग्छ भन्ने अधिकारीको सन्देशले आजका राजनीतिज्ञले आत्मसाथ गरे नेपाली समाजका लागी धेरै राम्रो हुने देखिन्छ ।