प्रधानमन्त्री ओलीलाई कालो पिण्ड

धरहराबाट रत्नपार्क हुदै सिंहदरवारको पश्चिमी गेट अगाडी भद्रकालीनजिक प्रधानमन्त्रीलाई पिण्ड चढाईएको दलका अध्यक्ष उज्जल थापाले जानकारी दिए । उनले धरहराबाट हिड्ना साथ काठमाडौं मल अगाडी प्रहरीले दुव्र्यवहार गरेको पनि बताए । प्रहरीले व्यानर खोसेर उनीहरु माथी दुव्र्यवहार समेत गरेको छ ।
हिन्दु संस्कृतिमा वितिसकेको व्यक्तिलाई संझना स्वरुप पिण्ड दिने गरिने भएकाले ओली सरकार पनि जनताको नजरमा वितिसकेकाले ओलीलाई पिण्ड दिईएको उनले स्पष्ट पारे । साथै पिण्ड दिदाँ सेतो कपडा लगाउने हिन्दु संस्कृति भएपनि प्रधानमन्त्रीको विरोधमा कालो कपडा लगाईएकोले उनको भनाई छ । जनताको असन्तुष्टी स्वरुप प्रतिकात्मक रुपमा आफुहरुले यस्तो विरोधको कार्यक्रम गरेको अध्यक्ष थापाले हाम्राकुरालाई बताए ।
