
पत्रकार कनकमणी पक्राउ
काठमाडौं , बैशाख १० ।
पत्रकार कनकमणी दिक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार कनकमणी दिक्षितलाई आज पक्राउ गरेको हो। उनलाई हिमाल मेडियाको कार्यलयबाट पक्राउ गरिएको हो ।
गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई अहिले अख्तियारको हिरासतमा लगिएको छ ।
उनीमाथि अख्तियारले केही अघिदेखि सम्पती छानबिनका लागी पत्र समेत काटेको थियो । तर अख्तियारको पत्रलाई उनले अस्वीकार गर्दै आएका थिए ।
