पत्नी उपचारमा भारत गएका देउवाले कसलाई भेटे ?

काठमाडौं,९ बैशाख ।

shr-bdr-deuwa-with-susma-vikash-swarup-twitt

पत्नी आरजु राणाको उपचारमा भारत गएका कांग्रेस सभापति शेरबहादुर देउवाले त्यहाँ उच्च स्तरको राजनैतिक भेटघाट गरिएका खबरहरु सार्बजनिक भईरहेका छन् । उसो त भारत जानुपूर्व पनि देउवाको  यात्रालाई आशंकाले हेरिएको थियो । सभापति र कांग्रेस संसदीय दलको नेतामा निर्बाचीत भएसंगै  घरायसी कारण देखाउँदै भारत निस्किएका देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वारजसँग भेटवार्ता गरेका खबर सार्बजनिक भएका छन् ।यसअघि देउवाको भारत यात्रा नितान्तै व्यक्तिगत  भनिएको थियो ।तर  देउवाले भारतमा राजनैतिक भेटघाट गरेका हुन् ।

कांग्रेस सभापति र संसदीय दलको नेता चुनिएपछि देउवा पहिलो पटक  भारत पुगेका हुन् । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकाश स्वरुपले शेरबहादुर देउवालाई ‘नेपालबाट आएका महत्वपूर्ण पाहुना’ को सज्ञा दिँदै सुष्मा र देउवाको भेटवार्ताका तस्विर सार्वजनिक गरेका छन् ।

 

कोइराला परिवारको राजनीतिक विरासतलाई तोडेर कांग्रेसमा उदाएका देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उत्तराधिकारीको रुपमा हेर्न थालिएको बिश्लेषण गरिदैछ ।नेपालको संबिधान भारतको स्वार्थ अनुरुप  नभएपछि  भारतले नेपालमा आफ्नो हस्तक्षेप कायम राख्ने बाटो खोजीरहेको छ । यो बाटो देउवा हुनसक्ने ठम्याई भारतको छ ।