आश र त्रास मै वित्यो भुकम्पपीडितको एक वर्ष, कहिले होला व्यवस्थापन सरकार ?
भुकम्प गएको एक वर्ष बित्यो तर रसुवाका भुकम्पपीडित भने एक वर्ष पुरै भुकम्पको त्रास र राहत तथा व्यवस्थापनको आसमै विताउन बाध्य भए । भुकम्पबाट बिस्थापित भएका र घरबारविहीन भएकाहरु लामो समय बित्दा पनि क्षतिको सर्वे पुर्ण नहुँदा पुननिर्माणको काम कहिले बाट शुरु हुन्छ भन्न सक्ने अबस्थामा छैनन् ।
सो अबधिमा पुननिर्माण सम्बन्धि खाका त आएको छ अब कस्तो घर बनाउने भन्नेमा स्थानीय अझै अलमलमा छन् । कस्तो खालको घर निर्माण गर्दा सुरक्षित हुने हो, कसरी बनाउनुपर्ने हो त्यसको कुनै योजना तर्जुमा र खाका स्थानीयले अझै पाउन सकेका छैनन् । सरकार घरधुरी सर्वेक्षणमै अलमलिएको छ । भुकम्पबाट मठ मन्दिर, ऐतिहासिक धरोहर, पर्यटकीय गन्तब्य ध्वस्त बने तर पनि स्थानीयको मन भने अझै अडिग देखिन्छ । जिल्लामा बिस्थापित भएकाहरुका लागि सुरक्षित तथा एकीकृत बस्ति बिस्तार देखि पुन निर्माणका लागि ठोस कार्यक्रम लागु नहुदाँ समस्या भएको हो । पाल र जस्ता हालेर अहिले रसुवाका ४२ हजार स्थानीय सरकारी अनुदानको पर्खाईमा छन् । जिल्लामा ११ हजार ८ सय ५० घरधुरी भुकम्पबाट प्रभावित छन् । टहराको बसाई जति लम्बिदैछ त्यति नै कष्टप्रद पनि बन्दैछ दिनहुँको सास्ती मनसुन परिवर्तन सँगै आउने समस्याले सताउने गरेको पीडित बताउँछन् ।
‘सरकारको आश र भरोसाको भर पर्दा यसै गरी कति दिन बस्नुपर्ने हो थाहा छैन, भुकम्पपीडित हाकुकै स्थानीय वीरबहादुर तामाङले भने, ‘भुकम्प गएपछि एक वर्ष बित्यो पहिरोको त्रासले गाउँ फर्कन पाईएको छैन ।’ ‘अहिले हामी अरुको जग्गा भाडामा लिएर टहरा हालेर बसिरहेका छौ, उनले भने, ‘सरकार पुननिर्माण भन्छन् तर हामी यहाँ टहरा हाल्नलाई मासिक भाडा तिरेर बसेको वर्ष दिन बित्यो हाम्रो व्यवस्थापन कहिले हुन्छ ?’
बैशाख १२ को भुकम्पपछि बिस्थापित हाकु ८ कि अपाङ्गता भएकी छेचु तामाङ अझै पनि अस्थायी टहरामा सरकारी राहतको पर्खाईमा छिन् । भुकम्प सँगै आएको पहिरोले गाउँमा बस्न नसक्ने भएपछि बिस्थापित भएर रसुवाको लहरेपौवा आईपुगेकी उनी सरकारले बासको व्यवस्थापन गर्ने भनिएको स्थानको पर्खाईमा छिन् ।
सरकारले पुननिर्माण प्राधिकरण गठन गरेर भुकम्प प्रभावितलाई घर निर्माणका लागि दुई लाख रुपैैयाँ अनुदान दिने भनेपनि हाम्रो टहरा सम्म कहिले आउँछ थाहा छैन, उनले भनिन्, ‘खुट्टा टेकिदैन प्रशासन पनि कति धाउनु अरुको सहारामा बाच्नुपर्छ ।’ ‘भुकम्प र पहिरोले गाउँबाट लखेटियो गाउँ जान सक्ने स्थिती छैन अब कहाँ जाने, उनले भनिन्, ‘सुरक्षित ठाउँ खोज्दा पनि कतै छैन अब हामी कतिञ्जेल यसरी बस्ने ?’ दिन र रात मात्रै बितेन भुकम्प गएको १ वर्ष नै बित्यो अझै पनि भुकम्पपिडीतको व्यवस्थापन कहाँ हुने टुङ्गो लागेको छैन ।
‘सरकारको आश र भरोसाको भर पर्दा यसै गरी कति दिन बस्नुपर्ने हो थाहा छैन, भुकम्पपिडीत हाकुकै स्थानीय वीरबहादुर तामाङले भने, ‘भुकम्प गएपछि एक वर्ष बित्यो पहिरोको त्रासले गाउँ फर्कन पाईएको छैन ।’ ‘अहिले हामी अरुको जग्गा भाडामा लिएर टहरा हालेर बसिरहेका छौ, उनले भने, ‘सरकार पुननिर्माण भन्छन् तर हामी यहाँ टहरा हाल्नलाई मासिक भाडा तिरेर बसेको वर्ष दिन बित्यो हाम्रो व्यवस्थापन कहिले हुन्छ?’
सरकारले भुकम्प प्रभावित १४ जिल्लाबाट अनुदानको राहत रकम वितरण गर्ने जनाएको छ तर अझै पनि सर्वेक्षण नसकिएकाले अनुदानको राहत ढिलाई हुने निश्चित छ । रसुवामा पुननिर्माणको कामका लागि भुकम्पपछिको क्षतिको विवरण पुर्ण रुपमा नसकिएकाले सुरु हुन नसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताए ।
‘घरधुरी सर्वेक्षणको करिब ८५ प्रतिशत काम बाँकी छ, उनले भने, ‘सबै ठाउँको एकिन विवरण नआएकाले केही ढिलाई भएको हो ।’ जिल्लामा भुकम्पपछि बिस्थापित भएकाहरुका लागि एकीकृत बस्ति राख्नका लागि सरमथली, यार्सा, राम्चे, लहरेपौवा र लाङटाङमा सुरक्षित स्थानको निक्र्यौल गरेर गृह मन्त्रालयमा पठाईएको उनले बताए । विज्ञ टोली आएर पुन एक पटक हेर्छन र के कति ठाउँ सुरक्षित हो भनेर निक्र्यौल भएपछि मात्रै स्थायीय बासस्थानमा बिस्थापितलाई स्थान्ततरण गरिनेछ । भुकम्पबाट क्षति भएको गाबिस मध्ये रसुवाको बृद्धिम गाउँबाट अनुदानको रकम वितरण गर्ने कार्य शुरु भएको उनले बताए ।
‘भुकम्प सँगै चिसो, वर्षा सबै सह्यौ फेरी मनसुन सुरु हुदैछ, स्थानीय कामी ग्याल्मो तामाङले भने, ‘ चैते हुरीले टहरा उडाएर दुई दिन त जाग्राम नै बस्नु प¥यो अझै यस्तै विपत्ती कति आउने हो थाहा छैन ।’ उनले भने, ‘सरकारले र विज्ञले भनिदिनुप¥यो सुरक्षित ठाउँ यहाँ छ घर बनाउ भनेर बोरु ऋण खोजेर भने पनि बनाऔंला ।’
थातथलो छाडेर हिडेको एक वर्ष अघि देखि गाउँ नफर्किएका पिडीत स्थानीयका लागि अस्थायी टहराको बास त्यति सहज छैन । पुन निर्माणको काम अगाडी बढ्न नसक्दा र सरकारले दिने अनुदानको रकम ढिलाईले टहरा बनाएपनि पिडीत स्थानीयका लागि आफ्नै गाउँमा बसेजस्तो हुन सकेको छैन । हाकुको चिसोमा बस्दै आएकी फुलमाया तामाङलाई बेशीमा गर्मि बढेसँगै बस्न समस्या हुने गरेको बताईन् । ‘कुनै सुरक्षित ठाउँमा स्थानन्तरण गरिदिए हुन्थ्यो सधै यस्तै सास्ती र सकस भएर कति दिन बस्नु, उनले भनिन्, ‘लेक र बेशीको ठाउँ पनि त्यति मिल्दो रहहेनछ ।’
‘भुकम्प गएको केही महिना सम्म त राहत आउने क्रम जारी थियो तर अहिले राहत पनि सकियो काम खोज्दै र मजदुरी गर्दै गुजारा गर्दै आएका छौ, उनले भनिन्, ‘बस्नका लागि कुनै ठाउँ सुरक्षित छ भनेर भन्दिएपनि हामी गएरै बस्थ्यौ त्रिशुलीको बगरको किनारामा बस्नै समस्या भईसक्यो ।’
शिविरमा बस्दै आएका सुत्केरी, बालबालीका र बृद्धाहरु बिरामी पर्न थालेको हाकुका स्थानीय लक्ष्मण तामाङ बताउँछन् । ‘लेकमा बसेको मान्छे बेशीमा बस्दा पानी पनि त्यति मिल्दो रहेनछ, उनले भने, ‘नजिकै रहेको त्रिशुली खोलाको धमिलो पानी फिल्टर गरेर खादा पनि समस्या भईरहेको छ ।’
‘दिनभर जस्तो हपहपी गर्मि रात परेपछि चिसो भुईमा सुत्नुपर्छ लामखुट्टे लागेर त्यस्तै हैरान छ, हाकु ८ कि मेन्दोमाया तामाङले भनिन्, बालबच्चा जोगाउनै गाह्रो भईरहेको छ ।’ भुकम्प सँगै गएको पहिरोमा परेर श्रीमान गुमाएकी हाकुकी बुटीमायाको पिडा पनि उस्तै छ । ‘टाउको लुकाउने स्थायी आबास त बनाउनै प¥यो छोराछोरीको भविष्य पनि हेर्नुप¥यो, उनले भनिन्, गाउँ जाउँ पहिरोले टेक्ने ठाउँ छैन अरुको ठाउँमा बसौ कति दिन बस्नु ?’ ‘साँझ र बेलुका लामखुट्टे र भुसुनाले सताउँछ, झुल भएर पनि के गर्नु हपहपी गर्मिले खपिसाध्य हुन्न, उनले भनिन्, ‘हामी भन्दा पनि बालबच्चा जोगाउनै गाह्रो छ ।’
गाउँका १ सय ८७ परिवार नुवाकोट बेत्रावती गाउँमा बसेका छन् । ‘बगरको बसाई त्यति सहज छैन उठेर पनि कहाँ जाने जाने ठाउँ अन्त छैन,’ मैलुङका आशाविर तामाङले भने ।’ खोलाको धमिलो पानी अत्यास लाग्दो वातावरणमा बस्नै सकिरहेका छैनौ । प्रति महिना एक रोपनी बराबर दुई हजार ७ सय रुपैयाँ भाडा तिरेर बसिरहेको तामाङले बताए । बगरको बास लामखुट्टेको टोकाई अत्यास लाग्दो गर्मि सँगै वरपर हुने फोहोरले महामारी फैलन सक्ने डर उत्तिकै छ । तर उनीहरुको दुखेसोलाई संवोधन गर्ने सरकारको चाला कुवाको जस्तो छ । कहिले होला यीनको संवोधन र व्यवस्थापन सरकार ?