
द्धन्द्धकालका मुद्धाबारे सबै माओवादीबीच छलफल
काठमाडौं,८ वैशाख ।
विभाजीत भएर फरक फरक बाटोमा हिडेका माओवादीहरु र नयाँ शक्तिका नेता एमाओवादी पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जम्मा भएका छन् ।
द्धन्द्धकालका मुद्धाहरु बिरोधीहरुले ब्यूताउन थालेपछि अब के गर्ने भन्ने बिषयमा छलफल गर्न सबै माओवादी र नयाँ शक्तिका नेताहरु पेरिसडाँडामा भेला भएका हुन् ।
२ बजेबाट शुरु भएको भेलामा एमाओवादी, वैद्य, विप्लव, मणि, मातृका लगायत नयाँ शक्तिका नेताहरु उपस्थित भएका थिए ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले टुंग्याउने भनिएका मुद्दाहरु समेत अदातलबाट धमाधम ब्यूँताउन थालेपछि सबै माओवादीले भावी दिनको बिषयमा छलफल गरेका हुन् ।
