यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आईपिएल क्रिकेट-कोलकाता शीर्ष स्थानमा. काठमाडौं, ८ वैशाख ।. पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो ।. खेलमा पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनायो । उसका लागि सन मार्शले अविजित ५६ रन बनाए भने मुरली विजयले २६ रनको योगदान दिए ।. बलिङतर्फ कोलकाताका मोर्ने मोर्कल र सुनिल नारेनले २-२ विकेट लिए । जवाफमा १३९ रनको मध्यम चुनौती कोलकाताले १८ औं ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पुरा गर्यो । कोलकाताको जितमा सुरुवाती व्याट्सम्यानहरु रविन उथप्पाको ५३ रन तथा गौतम गम्भिरको ३४ रन महत्वपूर्ण रह्यो ।. जितसँगै कोलकाता ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थनमा उक्लिएको छ । एक खेल कम खेलेको गुजरात लायन्स समान ६ अंकका साथ नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।. आईपिएल क्रिकेटमा आज राति मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।.
आईपिएल क्रिकेट-कोलकाता शीर्ष स्थानमा
काठमाडौं, ८ वैशाख ।

पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनायो । उसका लागि सन मार्शले अविजित ५६ रन बनाए भने मुरली विजयले २६ रनको योगदान दिए ।
बलिङतर्फ कोलकाताका मोर्ने मोर्कल र सुनिल नारेनले २-२ विकेट लिए । जवाफमा १३९ रनको मध्यम चुनौती कोलकाताले १८ औं ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पुरा गर्यो । कोलकाताको जितमा सुरुवाती व्याट्सम्यानहरु रविन उथप्पाको ५३ रन तथा गौतम गम्भिरको ३४ रन महत्वपूर्ण रह्यो ।
जितसँगै कोलकाता ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थनमा उक्लिएको छ । एक खेल कम खेलेको गुजरात लायन्स समान ६ अंकका साथ नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।
आईपिएल क्रिकेटमा आज राति मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।