सरकार ढाल्ने काममा नलाग्न माधवको आग्रह
काठमाडौं,७ वैशाख ।
एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढाल्ने गोरखधन्दामा नलाग्न आग्रह गरेका छन् ।
राजदेवी मिडिया सेन्टरले मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित साइकल बितरण कार्यक्रममा नेपालले एउटा सरकार ढालेर अर्को बनाउने गोरखधन्दामा नलाग्न दलहरुलाई आग्रह गरेका हुन् । सरकारले काम गरेको छैन् भष्ट्राचार गरेको छ भने विरोध गरौं, सुशासन सुनिश्चित गरौं तर सरकार ढाल्ने र अर्को बनाउने काममा नलागौं, नेपालले भने, अहिले पुरा देशभर विकासको लहर ल्याउने सरकार चाहिएको छ ।
कागले कान लग्यो भन्दैमा दौडनु हुदैन् उनले मधेसी समुदायको समेत उपस्थिति रहेको कार्यक्रममा भने,पहिले कान छ कि छैन भनेर छामेर मात्र दौडनु पर्छ । संविधानमा पनि अधिकार पाएको छ छैन अध्ययन गर्न उनले मधेशी दललाई आग्रह गरे ।