
प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता
काठकाडौं ,५ वैशाख ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । भेटमा संबिधान कार्यन्वयनका लागी संबिधान निर्माणका बेला एक भएका मुख्य दलहरु सरकारमा सहभागी हुनुपर्ने बारे छलफल भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले अहिलेको सरकारमा कांग्रेस सहभागी भएर संविधान कार्यन्वयन र विकास निर्माणको दिशामा अघि बढ्नुपर्ने विचार राखेको बताइएको छ । नेता पौडेलले सबै दलहरुको सहमतिमा राष्ट्रिय सरकार निर्माण गरेर संविधान कार्यन्वयन र विकास निर्माणमा अघि बढ्नुपर्ने विचार राखेका थिए । अध्यक्ष प्रचण्डलाई भेट्न काग्रेस नेता पौडेल आज विहान लाजिम्पाट पुगेका थिए ।
