यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कसको पति को, कसकी पत्नी कुन ? कसको पति को, कसकी पत्नी कुन? एजेन्सी, ५ वैशाख ।. यी दुई भाइ र यिनका पत्नीहरुमा यतिधेरै समानता छ कि देख्नेहरुले हतपती ठम्याउनै सक्दैनन् । खासमा यी दुइ भाइ तथा यीनका पत्नीहरु दुवै जुम्ल्याहा हुन् । बाहिरी मानिस त परको कुरा यिनीहरु स्वयमलेसमेत आफ्नो पति तथा पत्नी ठम्याउन गाह्रो पर्छ । अति समस्या भएपछि अब यी मध्ये एक जोडीले प्लाष्टिक सर्जरी गराउने फैसला गरेका छन् ।. परिवारमा पनि यिनीहरुलाई लिएर काफी कन्फ्युजन छ । यिनीहरु चीनको शांस्ची प्रान्तमा बस्छन् । अनुहारमात्रै होइन यिनीहरुको बोली र हाउभाउ पनि दुरुस्तै छ । चिनियाँ सरकारी अखबारमा छापिएको खबरअनुसार यी दुइ भाइको नाम जाओ शिन तथा जाओ शुआन हो । पत्नीहरु यून फेई तथा यून याङ हुन् ।. यिनीहरुको विवाह पनि एकै दिन भएको थियो । प्लाष्टिक सर्जरीका लागि सांघाईको हङकङ अस्पतालका चिकित्सकहरुसँग सम्पर्क भइसकेको छ ।. चिकित्सकहरु पनि यिनीहरुको प्लाष्टिक सर्जरीका लागि तयार भएका छन् ।. अब यिनीहरुको लुक्स यति फरक बनाइने छ कि कन्फ्युजनको स्थिति नै नरहोस् ।. यद्यपी आफ्नो सर्जरी फ्री अफ कस्टमा होस् भन्ने यिनीहरुको चाहना छ ।एनपीसमाचार डटकमबाट.
कसको पति को, कसकी पत्नी कुन ?
एजेन्सी, ५ वैशाख ।

यी दुई भाइ र यिनका पत्नीहरुमा यतिधेरै समानता छ कि देख्नेहरुले हतपती ठम्याउनै सक्दैनन् । खासमा यी दुइ भाइ तथा यीनका पत्नीहरु दुवै जुम्ल्याहा हुन् ।
बाहिरी मानिस त परको कुरा यिनीहरु स्वयमलेसमेत आफ्नो पति तथा पत्नी ठम्याउन गाह्रो पर्छ । अति समस्या भएपछि अब यी मध्ये एक जोडीले प्लाष्टिक सर्जरी गराउने फैसला गरेका छन् ।
परिवारमा पनि यिनीहरुलाई लिएर काफी कन्फ्युजन छ । यिनीहरु चीनको शांस्ची प्रान्तमा बस्छन् । अनुहारमात्रै होइन यिनीहरुको बोली र हाउभाउ पनि दुरुस्तै छ । चिनियाँ सरकारी अखबारमा छापिएको खबरअनुसार यी दुइ भाइको नाम जाओ शिन तथा जाओ शुआन हो । पत्नीहरु यून फेई तथा यून याङ हुन् ।
यिनीहरुको विवाह पनि एकै दिन भएको थियो । प्लाष्टिक सर्जरीका लागि सांघाईको हङकङ अस्पतालका चिकित्सकहरुसँग सम्पर्क भइसकेको छ ।
चिकित्सकहरु पनि यिनीहरुको प्लाष्टिक सर्जरीका लागि तयार भएका छन् ।
अब यिनीहरुको लुक्स यति फरक बनाइने छ कि कन्फ्युजनको स्थिति नै नरहोस् ।
यद्यपी आफ्नो सर्जरी फ्री अफ कस्टमा होस् भन्ने यिनीहरुको चाहना छ ।एनपीसमाचार डटकमबाट