किन नेपाल पर्यटकका लागी पहिलो गन्तव्य बन्दैछ ?

काठमाडौंं ,३ वैशाख ।

हालै ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाललाई पहिलो पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । त्यस्तै बेलायतको एक प्रकाशक कम्पनीले पनि नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको प्रथम सूचीमा राखेको छ। विभिन्न प्रकारका जानकारीमूलक पुस्तक, बुकलेट आदि प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई पहिलो किन राखेको हो त ? उसले आफ्नो साइडमा भूकम्पपछि नेपालका ऐतिहासिक सम्पदा पुनःपर्यटकका लागि भ्रमणयोग्य रहेको उल्लेख गर्दै पदमार्ग र होमस्टे (घरबास) कार्यक्रम सुरु भएको समेत किन जनाएको हो ?यसले के देखाउँछ भने नेपाल साँच्चिकै पर्यटकीय गन्तव्य नै हो ।

अन्तराष्ट्रिय संघ संस्थाले सार्बजनिक गरेको यस्तो खबरले प्राकृतिक विपत्ति तथा विभिन्नखाले अवरोधका बाबजुद पनि विश्व पर्यटनमा नेपालको आकर्षण उत्तिकै बढ्दै गएको देखाउँछ। वैशाख १२ को गोरखा भूकम्प र पछिल्लो अघोषित नाकाबन्दीको सङ्क्रमणमा परेको मुलुकको पर्यटन क्षेत्र एकपछि अनेक अवरोधलाई छिचोल्दै अघि बढिरहेको आभाष हुन्छ। नेपालमा सिर्जित विभिन्न अवरोध तथा प्राकृतिक विपत्तिकाबीच विश्वप्रख्यात विभिन्न अनुसन्धानमूलक संस्थाको अध्ययन विश्लेषणबाट नेपालको पर्यटनको आकर्षणलाई उच्च प्राथमिकता दिइएको प्रष्ट हुन्छ।

नेपाल यसकारण पनि पर्यटकिय गन्तव्य हो,किनकी नेपाल एक प्राकृतिक सम्पदाको धनी देश हो। सानो मुलुक भए तापनि हिमालदेखि तराईसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोला, पहाड, कन्दरा पाइन्छन् । नेपालको विविधता त झन् विश्वमा उत्कृष्ट मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छ।नेपालको भूगोल हिमाली, पहाड, र तराई मिलेर बनेको छ।नेपाल विश्वको पहिलो पर्यटकिय गन्तव्य हुनुमा तल उल्लेखीत केही पर्यटकिय स्थलले पनि विश्वको ध्यान खिचेको हुनुपर्छ

सर्वोच्च शिखर सगरमाथा 

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पदयात्राका लागि विश्वका सर्वाधिक चर्चित तथा लोकप्रिय ठाउँमा पर्दछ। विभिन्न अन्तर्राष्ट्रिय मिडिया, संस्था तथा एजेन्सीले गर्ने सर्भेक्षण तथा तयार पार्ने प्रतिवेदनमा सगरमाथा तथा पूरै नेपाललाई नै विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उभ्याउने गरेका छन्। यो पटक एक चर्चित अनलाइन विजनेस इनसाइडरले पनि नयाँ वर्ष सन् २०१६ मा घुम्न जानैपर्ने विश्वका ५० वटा गन्तव्यको सूचीमा नेपालको सगरमाथालाई पनि राखेको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मियामोतो नामक संस्थाले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भूकम्पपछि पदयात्राका लागि बहुचर्चित खुम्बु सगरमाथा र विश्वकै प्रसिद्ध अन्नपूर्ण सर्किट पनि सुरक्षित रहेको जनाएको थियो। सोही संस्थाको प्रतिवेदनलाई आधार बनाउँदै मुलुकका प्रमुख २० ट्रेकिङ एजेन्सीले विदेशी पर्यटकलाई नेपाल सुरक्षित रहेको बताउँदै भ्रमणमा आउन आह्वानसमेत गरिसकेका छन्।

Annapurna-Base-Camp

 

पोखरा 
जुनसुकै पर्यटकका लागी पोखरा घुम्नु अनिवार्य हुन्छ । किनकि पोखराको फेवा तालमा डुंगा चढेर त्यहाँको सुन्दरताको दृश्यावलोकन गर्दा जुनसुकै पर्यटक आनन्दले रमाउँछ । उसलाई स्वर्ग नै लाग्छ । यो सुन्दर भूमिमा थुप्रै अन्य पर्यटकीय गन्तव्यहरु पनि छन् , जसका कारण जो सुकै नेपाल पुगेको विदेशी पर्यटक पोखरा घुमेरै जान्छ । पोखरा घुम्ने अवसर कमैले गुमाउँछन् ।

fewa-lake

सिद्ध गुफा

४३७ मिटर गहिरो सिद्ध गुफा नेपालको सबैभन्दा ठूलो गुफा हो । यस भित्र विभिन्न अनौठा प्रकृतिका र संसारिक किसिमका चट्टानहरु रहेको बताइन्छ । यहाँ घुम्दा प्राचीन इतिहासको झल्को आउँछ । जसले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दछ ।

siddha-cave

पोखरामा प्याराग्लाइडिङ

नेपालमा पछिल्लो समय पर्यटकका लागी विकास गरिएको कुरा हो , पोखराको प्याराग्लाइडिङ । हावामा घुम्दै र प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै प्याराग्लाइडिङ गर्नु सारै आनन्दको कुरा हो । आकाशमा चरा झै उड्न पाउनु स्वर्गीय आनन्द पनि हो । पोखराको सुन्दरताको फोटोग्राफी नेपालकै सबैभन्दा सुन्दर स्थल मानिन्छ पश्चिमी क्षेत्रमा अवस्थित पोखरा । नेपालको कास्की जिल्लामा रहेको पोखरा प्राकृतिक हिसाबले धनी छ । यहाँबाट देखिने हिमशृंखला एवम् स्वच्छ एवम् शान्त तालहरुक तथा यहाँको रहनसहन र परम्परालाई क्यामेरामा कैद गरेर अविष्मरणीय क्षणको निर्माण गर्न सकिन्छ । विदेशी तथा स्वदेशी पर्यटकहरु यीनै हिम श्रृंखलाको फोटो खिच्दै रमाउने गर्दछन् ।

paragliding

चितवन राष्ट्रिय निकुञ्ज 

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको चितवन राष्ट्रिय निकुञ्ज पनि एक पर्यटकिय गन्तव्य हो ।यहाँको प्रमुख विशेषता हो हात्ती सफारी । नेपालमा पाइने विभिन्न प्रजातीका पशुपक्षीहरुमध्ये अधिकतम प्रजातीहरु रहेको यस राष्ट्रिय निकुञ्जमा हात्ती चढ्नकै लागि विभिन्न टुरहरुको आयोजना गर्ने गरिएको छ । जसले गर्दा स्वदेशी तथा विदेशी पर्यटकहरु यसमा रमाउने गर्दछन् ।

safari
काठमाडौँको ठमेल 

काठमाडौँको ठमेलमा पार्टी गर्नुमा पनि छुट्टै मजा छ । विशेषतः रात्रीकाली मनोरञ्जनका लागि चर्चित ठमेल नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँ पनि स्वदेशी तथा विदेशी पर्यटकहरु रमाउने अवसर हुन्छ । यो पनि नेपालको एक प्रमुख गन्तव्य हो ।

thamel
लुम्बिनी 

संसारभरकै बौद्ध धर्मावलम्बीहरुको प्रमुख धार्मिक गन्तव्य हो , लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिले सबैको मन लोभ्याउँछ । लुम्बिनी घुम्दा सबैको मन रमाउँछ , हर्षले ।

lumbini
 र्याफ्टिङ

मस्र्यांदी नदीमा र्याफ्टीङ गर्नु मजा पनि छुट्टै छ ।

rafting

नाम्चे बजार

सगरमाथाको द्धार भनेर चिनिने नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको बजार नाम्चे बजारमा गएर घुमफिर गर्नुको आनन्द अकल्पनिय छ । साथै, शेर्पा जातीको बाहुल्यता रहेको त्यहाँको पृथक संस्कृति, खानपान तथा रहनसहनले पर्यटकलाई लोभ्याउने गरेको छ ।

namche-bazaar

कलात्मक सामग्री

नेपाल आइसकेपछि यहाँका मौलिकता झल्काउने वस्तु खरिद नगरि कुनै विदेशी पर्यटक फर्कन चाहँदैनन् । किनकि, नेपालको मौलिकता, यहाँको संस्कृति र कला ,संसारको अन्य कुनै कुनामा पाइँदैन । विशेषतः यहाँका कलात्मक, मूर्ति तथा परम्परागत कपडा लगायतमा विदेशी पर्यटकको बढी ध्यान केन्द्रित हुने गरेको पाइन्छ । नेपालको चिनोको रुपमा त्यस्ता कलात्मक सामानका साथै खुकुरी, करुवा लगायत नेपालीपन झल्काउने सामानहरुसमेत विदेशीहरुले खरिद गर्ने गरेका छन् ।

handicrafts

 मन्दिरहरुको दर्शन

मन्दिरै मन्दिरको सहर भनेर चिनिने नेपालको राजधानी सहर काठमाडौँका विभिन्न शैलीहरुको मन्दिर घुमफिर गरि त्यहाँको दर्शन गर्दा विदेशी तथा स्वदेशी पर्यटकका लागी एकदमै पृथक अनुभूति हुन्छ ।

pashupati

नेपाली चाडपर्वमा सहभागिता

संस्कृतिमा विविभधता भएको मुलुक नेपालमा विभिन्न जातीहरु छन् र जाती अनुसारका छुट्टाछुट्टै चाडपर्वहरु छन् । चाडपर्व मनाउने तरिकाहरु पनि फरक छन् । नेपालको कुनै पनि चाडपर्वमा सहभागी हँदा एकदमै आत्मीयता, सहयोगीपन, सरलता र नेपालीहरु तथा नेपाली चाडपर्वहरुको लचकता अनुभव गर्न सकिन्छ ।

chadparba

अन्नपूर्ण बेस क्याम्प

अन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङ जानुको अनुभूति झनै अकल्पनिय छ । हिमाली भेगको पृथक रहनसहनको अनूभूति गर्दै, ढकमक्क फुलेका लालीगुँरासहरुको वास्ना लिँदै, हसिँलो अनुहार लाएर प्रतिक्षा गरिरहेका हिमालहरुको काखमा पुग्नु साँच्चै नै स्वर्गीय हुन्छ । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ। नेपालमा ट्रेकिङका लागि आउने करिब ६० प्रतिशत पर्यटक अन्नपूर्ण क्षेत्रमा पुग्ने गर्छन्। करिब २० प्रतिशत पर्यटक खुम्बु क्षेत्रमा जान्छन् भने बाँकी २० प्रतिशत पर्यटक अन्नपूर्ण, मनास्लुलगायतका गन्तव्यमा पुग्ने गर्छन्।

यहाँ आरोहण गर्नु संसारभरकै मानिसको रहर हुन्छ । एभरेष्ट बेस क्याम्पसम्मको ट्रेकिङका लागि हरेक वर्ष देश विदेशबाट मानिसहरु जाने गर्दछन् । संसारकै अग्लो स्थानबाट विश्वको अवलोकन गर्न पाउनु एकदमै स्वर्गीय आनन्द प्राप्त हुने गर्दछ । यसकारण पनि नेपालमा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

annapurna

 पाटन मन्दिर 

नेपालको ललितपूर जिल्लामा अवस्थित पाटन क्षेत्र कलाको दृष्टिले धनी मानिन्छ । त्यहाँका आदिवासीहरुले पराम्परागत रुपमा पछ्याउँदै आएका विभिन्न कलाहरुले जोकोहीलाई लोभ्याउँछ । त्यहाँका कलात्मक शैलीमा निर्माण गरिएका विभिन्न संरचनाहरुमा पाइने पृथकता संसारका सायदै कुनै महलहरुमा पाइन्छन् ।

 

patan mandir

 अन्य थुप्रै पर्यटकिय स्थलहरु

11

10

यसरी चर्चित संस्थाको सूचीमा नेपालका विभिन्न पर्यटकीय स्थललाई प्राथमिकतामा राखिनुले पनि नेपाल विश्वमा थप आकर्षणको केन्द्रबिन्दु बन्दै गएको पुष्टी हुन्छ। अनुपम प्राकृतिक विविधता, भू–धरातलीयस्वरुप, सांस्कृतिक सम्पदा आदिको अद्वितीय आकर्षणले नेपाल पर्यटनका लागि विश्वमै उत्कृष्ट गन्तव्य मानिएको हो । हिमाल आरोहण, पदयात्रा, धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन भ्रमण गर्न विदेशी पर्यटक आउने गर्छन्। त्यतिमात्र नभई नेपालीको जीवनशैली र आतिथ्य सत्कारमा उनीहरु मोहित हुन्छन्।भुकम्प र देशको राजनैतिक अस्थिरताले थुप्रै विदेशी पर्यटकले भ्रमण रद्द गरेको सन्र्दभमा प्रकाशित गाइड बुकले नेपाल अहिले पनि पर्यटकका लागी सुरक्षित छ भन्ने देखाएको र यस्ले धेरै सहयोग पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।