राप्रपा नेपालले आफ्नै मन्त्रीलाई हटाउँदै

काठमाडौं,३ वैशाख ।

राप्रपा नेपालले आफ्नै मन्त्रीलाई सरकारबाट हटाउन लागेको छ । त्यसका लागी उसले  संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्रीbiraj bistaको राजीनामा मागेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै विष्टको राजीनामा माग गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । विराज केहीदिनअघि कारबाही गरिएका पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन् ।

पार्टीको वृहत्तर हित र एकतामा आघात पार्ने काम गरेकाले स्पष्टिकरणसहित राजीनामा माग गरिएको श्रेष्ठले बताए । उनका अनुसार आफ्ना बाबुको अभियानमा सहभागी हुने र फोन गरेर अभियानमा सहयोगी भएको आरोप छ ।

चैत १९ गते वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी हितविरोधी गतिविधिमा संलग्न भएको भन्दै तीन वर्षका लागि निश्कासन गरेको थियो । त्यसको केहीदिनअघि विष्टले पार्टीमा सरकारको सहभागिताको औचित्यमाथि प्रश्न उठाएका थिए ।