
आज चैते दशैँ पर्व मनाईदै
काठमाडौं,२ वैशाख २०७३ ।
आज चैते दशैँ पर्व । देशभरका हिन्दु धर्मावलम्बिले आज चैते दशैँ हर्षोल्लास पूर्वक मनाउँदै छन् । हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन शक्ति स्वरुपा देवी भगवतीको पूजा अर्चना गर्दै चैते दशैँ मनाउने परम्परा रही आएको छ ।
वर्षको दुई पटक चैत्र र आश्विनमा गरिने दुर्गापूजा अन्र्तगत मुख्य बडा दशैँ असोजमा र चैते दशैँ चैत शुक्ल अष्टमीका दिन देशभरका हिन्दु धर्मावलम्बिले मनाउने परम्परा छ ।
