
कुनै व्यक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने-गच्छदार
काठमाडौै, ३० चैेत ।
उपप्रधान एवं भौतिक योजना एवं पूर्वाधार तथा यतायातमन्त्री विजयकुमार गच्छदारले कुनै व्यक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छादारले कोहि व्यक्तिलाई मन नपर्दैमा सरकार फेर्ने कुरा सम्भव नभएको बताए ।
उनले २० औं वर्षदेखि छोटो समयमै सरकार परिवर्तन हुँदा विकास निर्माण तथा देशको अवस्थामा सुधार नआएको भन्दै अव सरकार परिवर्तन भन्दा पनि देश विकासबारे सोच्ने बेला आएको बताए ।
गच्छादारले भने ‘२० औं वर्ष देखि हामी निरन्तर सत्ता परिवर्तनमा लागेका छौं, जसले गर्दा विकास निर्माण हुन सकिरहेको छैन । ‘ उनले भने ‘हामी सहमतिको प्रयास गरिरहेका छौं, सहमतिको लागि कांग्रेस सरकारमा आउनु पर्छ, नभए लोकतन्त्रमा प्रतिपक्षको राम्रो व्यवस्था छ ।’
