बाबुरामले पढाएको स्कूलमा उपराष्ट्रपति पुत्र दिपेशको सहयोग अभियान

काठमाडौं, २९ चैत ।

dipes gorkha dipesh gorkha 2 gorkha dipes
पुर्व प्रधानमनत्री एवं बोर्डफस्ट डा. बाबुराम भट्टराईले पहिलोपटक जागीर खाएको स्कुलमा उपराष्ट्रपति पुत्र एवं एमाओवानदी निकट विद्यार्थी नेता दिपेश पुनले सहयोग अभियान संचालन गरी विद्यालयलाई भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् ।
भुकम्पले पूर्ण रुपमा भत्कीएको श्री महेन्द्र लिला माविमा दिपेशले सहयोग गरेका हुन् । गोर्खा जिल्लाको हर्मी गाविस ६ मा रहेको उक्त उमाविका भवनहरु ग्त बैशाखमा आएको भुकम्पले पूर्ण रुपमा भत्कीएको थियो । दिपेशले विदेशमा रहेका नेपालीहरुसँग सहयोग अभियान संचालन गरी तीन कोठे भवन निर्माण गराएका थिए । वेलायतमा रहेका गणेश गुरुङ्गले भवन निर्माण गर्नको लािग सहयोग गरेका थिए । गुरुङ्ग महेन्द्र लिला माविका पुर्व विद्यार्थी हुन् । त्यसैगरी थप भवन पनि निर्माण गर्न जग्गा नभएपछि जग्ग्गा किन्न पनि विदेशमा रहेका नेपालीले जुटाएको रु. १२ लाख लिएर दिपेश आइतबार गोरखा पुगेका थिए । उनले रु. १२ लाख पनि विद्यालयलाई हस्तान्तरण गरेका छन् । उक्त रकम पनि गणेश गुरुङ्गले नै पठाएका थिए ।

बाबुरामले केही सहयोग नगरेको अवस्थामा पनि रोल्पाका मान्छेले अभियान चलाएको देख्दा आफूहरुलाई ज्यादै खुशी लागेको स्थानीय वासीन्दाले बताएका थिए ।

दिपेशले आफ्नो सामाजीक संजालको स्टाटसमा बाबुराम अंककले पलिोपटक जागीर खाएको र पढाएको विद्यालयमा आफूले सहयोग गर्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । वेलायतमा रहेका एनआरएनएका पुर्व अध्यष सूर्य गुरुङ्गले पनि उक्त कार्यमा सहयोग गरेका थिए ।
उनले अगाडि लेखेका छन्, सहयोगको लागि धन र मन दुवै चाहिन्छ।जो कसैले पनि आफू जन्मिएको र हुर्किएको गाउँ ठाउँ र आफू पढेको स्कूलको लागि केही गर्न चाहदैन भने त्यसले त्यो गाउँठाउँ र स्कूलहरु संझिने अधिकार पनि त्यसलाई हुँदैन नै। मैले गएको भूकम्पपछि आफ्ना पाइलाहरु चाल्नेक्रममा यस्ता धेरै चित्र र चरित्र देख्न पाएको छु।