
एमाले बैठकमा स्थानीय निर्वाचन गर्नुपर्नेमा जोड
काठमाडौं,२९ चैत ।
नेकपा एमालेको जारी केन्द्रिय समिति बैठकमा स्थानीय चुनाव तत्काल गर्नुपर्ने कुरा जोडतोडका साथ उठेको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेका टोली नेताहरुले आज प्रतिवेदनमाथि समूहमा उठेका कुराहरु राख्ने क्रममा यस्तो कुरा उठाएका हुन् ।
आफ्ना भनाईहरु राख्ने क्रममा प्रत्येक समूहका टोली नेताहरुले फरक फरक राखेपनि स्थानीय चुनावको कुरा सबैले उठाएको एमाले श्रोतले जनाएको छ । स्थानीय निर्वाचन विगत १८ बर्षदेखी हुन सकेको छैन । स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो ।
