मेलवर्न,२९ चैत ।

Shesh-Ghale

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेले नेपालीहरुको पहिलो पुस्ता बिदेशमा संर्घष गरेर स्थापित भएको बताउँदै बिदेशमा पाएको व्यक्तिगत सफलताको लाभ र अनुभुति मातृभूमीले पनि पाउनुपर्ने बताएका छन् ।

सफलतासँगै त्यसको हिस्सेदारी आफ्नो समाजलाई दिनु सवैभन्दा महत्वपूर्ण रहेको भन्दै एनआरएन अध्यक्ष घलेले आफ्नो सफलताको प्रतिफल समाजमा कम अवसर पाएकाहरुसँग बाँढ्न आहृवान गरे ।

सफलताका लागि शिक्षा, परिश्रम तथा सही समयमा सही निर्णय जरुरी हुने भन्दै घलेले परिवार र साथीहरुको टीमवर्कले मात्र सफलता मिल्ने आफ्नो अनुभव रहेको बताए ।

साथै साथै घलेले बिदेशमा कार्यरत नेपालीहरुले कडा मिहिनेत र परिश्रम गरेर आफु कार्यरत मुलुकका साथै मातृभूमीका लागि समेत योगदान गरेको बताए ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको सवैभन्दा पुरानो संस्था ‘नेप्लिज एसोसिएसन अफ भिक्टोरिया’को अधिवेशन तथा अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले अष्ट्रेलियामा रहेका हजारौं नेपालीहरुले कर तिरेर तथा दक्ष जनशक्तिका रुपमा काम गरेर अष्ट्रेलियाको अर्थतन्त्रमा टेवा पुर्‍याएको बताए ।