अब उपत्यकाका सबै उपभोक्ताले ग्याँस पाउने
काठमाडौं, २९ चैत ।
ग्यास वितरण प्रणाली उपभोक्तामुखी नभएको गुनासो भएपछि कार्यतालिका बनाएर उद्योगीले आजदेखि ग्यास वितरण गर्ने भएका छन् । । उद्योगीहरुले आजदेखी काठमाडौं उपत्यकामा तालीका बनाएर ग्याँस बितरण गर्ने भएका हुन् ।
आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएको ग्यास विक्रेता महासंघले जनाएको छ । नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक बिक्री गर्ने तयारी छ ।
आज भक्तपुरमा ग्यास वितरण गर्ने कार्यतालिका रहेको छ । एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिएका छन् ।