यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आइपिएलको पहिलो म्याचमा मुम्बई र पुने भिड्ने. मुम्बई, २७ चैत । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिताको नवौँ संस्करणअन्तर्गतका खेलहरु आजबाट हुँदैछ । मुम्बईमा हुने उद्घाटन खेलमा घरेलु टोली मुम्बइ इन्डियन्सले नव प्रवेशी टिम राइजिङ पुने सुपर जायन्ट्सको सामना गर्दैछ ।. बेटिङ प्रकरणमा राजस्थान रोयल्स र चेन्नाइ सुपरकिङ्स कारवाहीमा परेपछि उनीहरुको स्थानमा राइजिङ पुने सुपर जायन्ट्स र गुजरात लायन्सले आइपिएल खेल्दैछन् ।. यसअघि गएराति नवौं संस्करणको औपचारिक उद्घाटन गरिएको थियो । मुम्बईको वर्लीमा गएराति भब्य समारोहबीच प्रतियोगिताको नयाँ सिजनको उद्घाटन गरिएको हो ।. उद्घाटनमा बलिउड कलाकार रणवीर सिंह, कटरिना कैफ, ज्याकलिन फर्नान्डेज तथा र्यापर यो यो हनी सिंहको उपस्थिति थियो ।. कार्यक्रममा वेष्ट इन्डिजका क्रिकेटर डवेन ब्राभोले च्याम्पियन डान्स पेश गरेका थिए । वैशाख १६ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमबीच ६० खेल हुनेछ ।.
आइपिएलको पहिलो म्याचमा मुम्बई र पुने भिड्ने
मुम्बई, २७ चैत । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिताको नवौँ संस्करणअन्तर्गतका खेलहरु आजबाट हुँदैछ । मुम्बईमा हुने उद्घाटन खेलमा घरेलु टोली मुम्बइ इन्डियन्सले नव प्रवेशी टिम राइजिङ पुने सुपर जायन्ट्सको सामना गर्दैछ ।
बेटिङ प्रकरणमा राजस्थान रोयल्स र चेन्नाइ सुपरकिङ्स कारवाहीमा परेपछि उनीहरुको स्थानमा राइजिङ पुने सुपर जायन्ट्स र गुजरात लायन्सले आइपिएल खेल्दैछन् ।
यसअघि गएराति नवौं संस्करणको औपचारिक उद्घाटन गरिएको थियो । मुम्बईको वर्लीमा गएराति भब्य समारोहबीच प्रतियोगिताको नयाँ सिजनको उद्घाटन गरिएको हो ।
उद्घाटनमा बलिउड कलाकार रणवीर सिंह, कटरिना कैफ, ज्याकलिन फर्नान्डेज तथा र्यापर यो यो हनी सिंहको उपस्थिति थियो ।
कार्यक्रममा वेष्ट इन्डिजका क्रिकेटर डवेन ब्राभोले च्याम्पियन डान्स पेश गरेका थिए । वैशाख १६ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमबीच ६० खेल हुनेछ ।